असाढ २०। नेशनल मेडिकल कलेजमा एमबिबिएस कक्षामा अध्यणरथ दुईजना बिधार्थी आफैमा छुरा हानाहान गरेको समाचार प्राप्त भएको छ । सर्लाही गोरैता नागरपालिका रामवन निवासी रन्जीत प्रसाद तथा रौतहट रमौली निवासी अरबिन्द सहनी बिच आज बिहान छुरा हानाहान भएको थियो ।
छुरा हानाहानबाट ५ जना घाईते भएका छन । घाईते हुनेमा रन्जीतका ५० बर्षीय आमा मिना देवी तथा बहिनी चान्दनी कुमारी रहेको प्रहरीले जनाएको छ । स्थानिय जोतन साहको घरमा कोठा लिई अध्यण गरिहेको दुबै बिद्यार्थीहरु बिच बेला बेलामा झैझगडा हुनेको छिमिकी ले जनाएको छ ।
आज बिहान रन्जीतको कोठामा झयालबाट अरबिन्दले हेरेपछि दुबै बिद्यार्थीहरु बिच बिवाद भएको थियो । बिवादको क्रममा अरबिन्द छुरा प्रहार गर्दा मिनादेवी तथा चादनी देवीको हात तथा पेटमा छुरा लागेको छ । दुबै बिद्याथीहरुको हाथ तथा जिउको अन्य भागमा घाउ लागेको छ । ५ जनाको उपचार अहिले नेशनल मेडिकल कलेज वीरगजमा भईरहेको छ ।
प्रतिक्रिया