कलैया, असार २० गते। बारा जिल्लाको सवर्ण गाउपालिका वडा नम्बर ४ देवापुर चौरहियाका लालबाबु मियाकी पत्नी रुसमा खातुनले आफना ४ जना छोराछोरीहरुलाई भातमा बिष खुयाएर फरार भएको परिवारजनले आरोप लगाएका छन् । विहिबार बिहानै करिब साढे ९ बजेको समयमा खातुनले भात,दाल पकाई त्यसमा बिष मिसाएर आफना छोराछोरीहरुलाई खुवाएर फरार भएको रुसमाका काका ससुरा भिखारी मियाले दावी गरे ।
भिखारी लालबाबु मियाको सहोदर काका हुन् । लालबाबु भने भाई बुहारीको उपचारका लागि भारत गएको बिखारीले बताए । 'आमाले यस्तो जघन्य अपराध कसरी गरिन् ?' भिखारीले भने ,बच्चाहरु घरमा रोइरहेको सुनेर आउँदा वान्तागर्दै छट्टपट्टाइ रहेका थिए । विष खानेहरुमा खातुनका ८ बर्षका छोरा न्यामुदिन मिया, २ बर्षका छोरा औलादिन मिया, ७ बर्षका छोरी सनाजा खातुन र ६ बर्षका छोरी मोजना खातुन छन् ।
विषसेवन गराइएका चारैजना बालबालिकाहरुलाई भिखारीले कलैया स्थित अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पतालमा उपचारपछि चारै जना सिकिस्त बालबालिकाहरु खतरामुक्त रहेको डाक्टर राहुल कर्णले जनाए । 'अस्पतालमा आउदा पेट दुख्ने, अलिअलि बान्ता भइरहेको थियो 'डा.कर्णले भने, तर औषधी गरेपछि पेट दुख्ने र बान्ता आउने पूर्ण रुपमा बन्द भइसकेको छ ।उनीहरु चारैजनाले मुखवाट खानेकुराहरु खान थालेको र स्वास्थ्य अवस्था समान्य भएको कर्णले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायवउपरिक्षक (डीएसपी)रंजितसिंह राठौले जनाए ।'आमा फरार रहेकाले घटनाको यकिन कारण खुल्न सकेको छैन्' उनले भने, विषसेवन गराइएको भनिएपनि कुन विषादी कति परिमाणमा खाए त्यो खुल्न सकेको छैन् । रुसमाको माइत भारतको लालछपरामा रहेको छ ।क्रुरतापूर्वक आफ्ना चार जना सन्तानलाइ विष खुवाएर फरार भएकाले व्यापक खोजी भइरहेको डीएसपी राठौरले जनाए ।घटनाको अनुसन्धान जारी रहेको उनले जनाए ।
प्रतिक्रिया