बारा, २४ असार।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेको आयोगले जनाएको छ ।सुब्बा बद्रीबहादुर थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न नगद १४ हजार घुस सहित पक्राउ परेको आयोगले जनाएको छ ।
यस्तै ईन्जिनियर रायप्रकाश सतरालाई नेरामावि, बेनौलीको कम्पाउण्ड वाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न भन्दै नगद १५ हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियारको क्षेत्रिय कार्यालय हेटौडाले जानकारी दिएको छ ।
प्रतिक्रिया