परवानीपुर, असार २० - बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ स्थित श्री जनता माध्यमिक विद्यालयमा शुक्रबार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सहयोगी नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा स्थानीय जनताले सडक, ढल, शिक्षा, स्वास्थ्यलगयात विषयहरु प्रश्न उठाए । स्थानीयहरुले विकास निर्माणको कार्य गर्न गठित उपभोक्ता समितिमा नातावाद हावी भएको गुनासो गर्दै आगामी दिनहरुमा त्यस्तो नहुन दिन जनप्रतिनिधिहरुलाई सचेत गराएका थिए ।
त्यसैगरि स्थानिया महिलाहरुले महिलाहरुको शिप विकासका लागि गाउँपालिकाले ल्याएको योजना केहि वडाहरुमा मात्र सिमित भएको गुनासो गर्दै महिला शसक्तिकरणका लागि थप शिप मुलक तालिम तथा कार्यक्रमहरु ल्याउन आग्रह गरे । महिलाहरुले शुरक्षाका लागि सडक बत्ति जडान गर्नु पर्ने माग समेत गरे ।
जनताले उठाएको प्रश्नको उत्तर फर्काउदै गाउँपालिका प्रमुख हरिनारायण प्रसाद साहले विकास निर्माणमा कहीं पनि भेदभाव नभएको प्रस्ट्याउदैन महिला, बालबालिका र वृद्ध वृद्धाका लागि गाउँपालिकाले विशेष योजनाहरु ल्याउन लागेको जानकारी गराए । उनले गाउँपालिकामा ४ सय मिटर भन्दा पनि बढि सडक ढलान र नाला निर्माण भएको जानकारी गराउदै प्रदेश र संघीय सरकार संग थप विकासका लागि आफुले बजेट माग गरेको बताए ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष इश्वरी प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उप-प्रमुख अनिता देवी, अन्य वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल फोटोपत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफलगयातले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सुरुवातमा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले संस्थाले सर्वेक्षणको आधारमा तैयार पारेको नागरिक प्रतिवेदन र बाहिरगमन अभिमत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण रितेश त्रिपाठीले गरेका थिए ।
प्रतिक्रिया