त्रिलोकीनाथ यादव
वीरगंज, २२ असार ।
बाराको पचरौता नगरपालिकाको बेल्दारी चौकीका प्रहरी नायब निरीक्ष्ँक देवकीलाल चौधरीले चोरीको गाडी प्रयोग गरिरहेका छन् ।
बेल्दारी चौकी अन्तर्गत पर्ने चर्चित नाका गुलरिया र इनर्वाबाट सिलपैक रक्सी चार चक्कामा भारततर्फ जाने गर्दछ । भारतको बिहार राज्यमा मदिरा बन्द हु“दा तस्करहरुले यी दुई नाकालाई आप्mनो अडडा बनाएको छ । प्रति चार चक्काबापत तस्करहरु पा“च हजारको दरले प्रनानि चौधरीलाई दिने गर्दछन् । विगत दुई महीना पहिला भारत, पूर्वी चम्पारण, मोतिहारीका कुख्यात रक्सी तस्कर राजन यादवले चार चक्काको चार टिप बापत चोरीको दुईवटा मोटरसाइकल प्रनानि चौधरीलाई दिएको एकजना तस्करले नाम नछाप्ने शर्तमा बताएका छन् । रक्सी तस्करले बिआर ०५ एल ३८९३ को अपाचे मोटरसाइकललगायत दुईवटा चोरीको मोटरसाइकलबाट प्रनानि चौधरीले दिनरात गस्ती गर्ने गरेको एकजना स्थानीयले बताए । उनले भारतीय नं.को चोरीको मोटरसाइकलमा आफूखुशी नेपाली नं. ६९२४ लगाएर गस्ती गर्ने गरेका छन् ।
सो चौकी अन्तर्गत पर्ने गुलरियामा ६ वटा अवैध रक्सी भट्टीहरु छन् । एक रातमा दुईवटा अवैध रक्सी भट्टी सञ्चालन गराउने गरेको चौकीका घुमुवा प्रहरी जवान रामबाबू पटेलमार्फत १ हजारको दरले प्रति रात लिने गरेको एकजना भट्टी सञ्चालकले बताए । सो नाकाबाट चार चक्का, मोटरसाइकल र टाउकोमा रक्सी तस्करीले रक्सी तस्करी गर्ने गर्दछन् । साथै तस्करले नेपालबाट मरिच र भारतबाट सर्टिङ सूटिङका कपडा, रा“गा तस्करी गर्छन् । प्रति मोटरसाइकल रु १ हजार र प्रति टाउको रु ३ सयको दरले उठाइन्छ । गुलरिया नाकामा रक्सी तस्करी गर्ने उद्देश्यले १२ वटा पसल खोलिएका छन् । सो पसल बापत प्रनानि चौधरीले मासिक रु ४ हजारदेखि ५ हजारसम्म रकम उठाउने गरेको एक जना पसलेले बताए । अवैध रक्सी पसलको बिगबिगीको कारण सो क्षेत्रका महिला, सर्वसाधारणहरु पीडित छन् । रक्सी सेवनका कारण घरेलु हिंसामा वृद्धि भएको छ भने सामाजिक विकृति पनि मौलाएको छ । प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्नुको साटो पैसाको लोभमा भट्टी सञ्चालकहरुलाई संरक्ष्ँण गर्ने तथा नेपालबाट भारततर्फ रक्सी तस्करीमा सघाउ पुर्याउने गरेपछि अगुवाहरु चिन्तित भएका छन् ।

प्रतिक्रिया