वीरगंज, १२ साउन/
लागूऔषधसहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज–१६ रजतजयन्ती चोकबाट भारत, रक्सौलबाट वीरगंज आउँदै गरेका चितवन, भरतपुर मनपा–१० बस्ने ४० वर्षीय राजुप्रसाद सापकोटाको साथबाट डाइजोपाम, नुर्पिmन र फेनारगन ६० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उनलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया