Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जनप्रतिनिधिकै संलग्‍नतामा खोला दोहन

SHARE: 520

कर्जनीया कोइलाभार खोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका टयाक्टर।तस्बिर : क्रान्ति शाह

वीरगन्ज : सरकारले हरेक वर्षझैं यस वर्ष पनि असार १ देखि भदौ १५ सम्म साढे दुई महिनाका लागि खोला वा नदीबाट ढुङगा , गिटटी ,बालुवालगायतका नदीजन्य पदार्थको उत्खनन् र निकासीमा प्रतिबन्ध लगाएको छ। तर पर्सामा भने स्थानीय तहका जनप्रतिनिधिले नै सरकारको निर्णयलाई लत्याएर अवैधरुपमा खोलाको दोहन गरेको घटना बाहिर आएको छ।  

पर्साको पर्सागढी नगरपालिका-१ मा पर्ने कर्जनीया कोइलाभार खोलाबाट अवैधरुपमा गिट्टी बालुवा उत्खनन् गरी चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले ९ वटा टयाक्टर र एउटा जेसीबी नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो।

प्रहरीले ना ४ त ५७२५ , ना ३ त ४६९३ , ना ५ त ३५६८ , ना २ त ३८४४ , ना ३ त ४४७ , ना ६ त ४४१२ , ना २ त ८८५४ , ना ६ त २६९९ र  ना ४ त ३४९७ नम्बरको टयाक्टरका साथै  अनटेष्ट नम्बर प्लेट भएको एउटा जेसीबी नियन्त्रणमा लिएको हो।

प्रहरीले टयाक्टर र जेसीबीका चालकलाई पनि नियन्त्रणमा लिएको छ।रातिको समयमा खोलाबाट गिटटी बालुवाको चोरी निकासी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पेटर्वा सुगौली, इलाका प्रहरी कार्यालय एकटाँगा , प्रहरी चौकी मनवा र रंगपुरटाँडीको संयुक्त प्रहरी टोलीले ती १० वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिए।

राति ९ बजेको समयमा खोलामा प्रहरीको टोली पुग्दा १५÷१६ वटा टयाक्टर र एउटा जेसीबीले गिटटी बालुवा उत्खनन् गरिरहेका थिए, प्रहरी निरीक्षक अधिकारीले भने, 'प्रहरी पगे लगत्तै केही चालक टयाक्टर लिएर भाग्न सफल भए। ९ वटा टयाक्टर र एउटा जेसीबी मात्रै नियन्त्रणमा लिन सक्यौं।'

खोलाबाट नियन्त्रणमा लिइएका टयाक्टर र जेसीबी आइतबार डिभिजन वन कार्यालय पर्सामा बुझाइएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए। वडा नम्बर १ का वडाध्यक्ष तुलाराम महत्तोले आफूहरुको सहमतिमा खोलामा टयाक्टर र जेसीबी पठाइएको बताएका छन् ।  उनका अनुसार  प्रदेश सांसद राजेश्व साह तेलीको संसदीय कोषको २० लाख रुपैयाँ बजेटबाट पर्सागढी नगरपालिका वडा नम्बर १ मा पर्ने कोइलाभारदेखि भटनीसम्मको सडकमा माटो पुरेर ग्राभेल हाल्ने काम चलिरहेको छ। 

त्यहि योजनाका लागि उपभोक्ता समितिले गिट्टी बालुवा उत्खनन्का लागि शनिबार राति कर्जनीया कोइलाभार खोलामा टयाक्टर र जेसीबी पठाएको वडाध्यक्ष महत्तोले बताए। सरकारले साढे २ महिनाका लागि गिट्टी बालुवाको उत्खनन्मा प्रतिबन्ध लगाएको भएपनि असार मसान्त सकिन लागिरहेका बेला योजनाको काम सक्नुपर्ने बाध्यता रहेकाले गाउँसमाजकै सहमतिमा खोलामा टयाक्टर र जेसीबी पठाइएको उनले बताए । 
वडाध्यक्ष महत्तोले भने, 'हुन त असारदेखि भदौ मसान्तसम्म खोलामा उत्खनन् गर्न पाइदैन, तर गाउँको विकासको काम भएको र अन्तिम स्थिति भएकाले गाउँसमाज सबैको सल्लाहमै खोलामा टयाक्टर र जेसीबी पठाएका हौं। उपभोक्ता समितिका अध्यक्ष किसन पटवारी भने सम्पर्कविहीन छन्।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: जनप्रतिनिधिकै संलग्‍नतामा खोला दोहन
जनप्रतिनिधिकै संलग्‍नतामा खोला दोहन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgGeJ4ZpqsrxTv1fj5-RHuMlx0grL5LS-pKruWoKIlrcKaSu28KPkZIwF4cMJC9FSS2uvBH8vXX5Tz7d20b5vWq_pnoybGVKYc__c4XMgy1HSZPm4qhT8MO5kVHSght6WC832511YPMWs3N/s320/khola-utakhana1_20190707091637-738506.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgGeJ4ZpqsrxTv1fj5-RHuMlx0grL5LS-pKruWoKIlrcKaSu28KPkZIwF4cMJC9FSS2uvBH8vXX5Tz7d20b5vWq_pnoybGVKYc__c4XMgy1HSZPm4qhT8MO5kVHSght6WC832511YPMWs3N/s72-c/khola-utakhana1_20190707091637-738506.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/07/blog-post_14.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/07/blog-post_14.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content