जनकपुरधाम , अषाढ २७ । मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि नेपाल वार एशोसिएशनको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
नेपाल वार एशोसिएशन केन्द्रिय कार्यालयले आज जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले संविधान स्पष्ट रहेका व्यवस्थाहरुमा पनि तीनै तहका सरकार बीच मतभिन्नता भै रहेको हुँदा त्यस स्पष्ट व्याख्या गर्न वारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।
अधिवक्ताहरुले पनि दलिय भावना अनुरुप अभिव्यक्ति दिनु चिन्ताको विषय रहेको बताउनु हुँदै उहाँले कानूनको रक्षाको जिम्मेवारी बोकेका अधिवक्ताहरुलाई दलिय भावना बाट माथि उठन आग्रह समेत गर्नु भयो ।
बारका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलिय र जातीय चिन्तनबाट बारलाई माथि उठेर संघीयताको कार्यान्वयनको पक्षमा अगााडी बढनु पर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा वारका केन्द्रिय अध्यक्ष चन्देश्वर श्रेष्ठ, उच्च अदालत जनकपुरका मुख्यन्यायधिश हरि प्रशाद पोखरेल, सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया