– शैलेश साह
पोखरिया, ११ असार । पोखरिया नगरपालिका वडा नं. ४ स्थित रामजानकी मठका महन्थ रामनाथ दास वैरागीलाई प्रहरीले रिहा गरेको छ ।
प्रहरी अनुसन्धानमा बाबा निर्दोष देखिएपछि रिहा गरिएको प्रहरीले जनाएको छ । उनलाई पोखरियाका मेयर दीपनारायण रौनियारलगायत वडाध्यक्षहरुको रोहबरमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
पोखरिया नपाका स्थानीयबासीले बाबा पक्राउ परेको भन्दै आज बिहानैदेखि पोखरियामा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले बाबा निर्दोष रहेको भन्दै प्रहरी हिरासतबाट मुक्त गर्नुपर्ने माग गरेको जानकारी
गराए ।
हिजो प्रहरीले जबरजस्ती करणीको आरोपमा बाबालाई पक्राउ गरेको थियो ।
भारत, पश्चिमी चम्पारण, नरकटियागंज थाना निवासी ४० वर्षीया महिलाले आपूmमाथि करणी नभएको प्रहरीलाई बयान दिएकी थिइन् ।
मठको अगाडिको जग्गा सम्बन्धी विवादमा बाबालाई फसाउन स्थानीय मुकेश ठाकुरले बाहिरबाट चुकुल लगाएर बाबाले अनैतिक कार्य गरेको भन्दै हल्ला मचाएका थिए । जवाहिर र मुकेश ठाकुरसँग बाबा बैरागीको जग्गा सम्बन्धी टेन्टा खिचलो मुद्दा पर्सा जिल्ला अदालतमा चलिरहेकोमा आज बाबाको पक्ष्Fमा अदालतले निर्णय सुनाएको स्थानीय पवन कुमारले जानकारी गराका छन् ।
बाबा रिहा भएको तथा अदालतबाट उनले मुद्दा जितेको अवसरमा आज गाउँलेहरुले खुशीयाली मनाएका थिए ।
बाबाले आपूmलाई फसाउन यसप्रकारको घृणित कार्य गरेको यस दैनिकलाई प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया