वीरगंज ११ असार । वीरगंजका नगरप्रमुख विजयकुमार सरावगी र समाजवादी पार्टीका कार्यकर्ता अजय चौरसियाबीच हातपात भएको छ ।
वीरगंज महानगरपािलका वडा नं ११ स्थित नेपाल राष्ट्रिय विद्यापिठ मावि श्रीपुरमा सिसिटिभी क्यामेरा जडान भएपछि उदघाटन गर्न पुगेका मेयर सरावगीले विद्यालय परिसरमा निर्माणाधिन प्रादेशिक पुस्तकालयको अवस्थाबारे अनुगमन गर्दै मुख्यमन्त्रीको योजनाको गलत बताएपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका थिए ।
मेयरले मुख्यमन्त्री लालबाबू राउतले बालुवामा पानी हाले सरह पुस्तकालयमा ५० लाख बजेट दिएको भनेपछि श्रीपुरको स्थानीय नेता अजय चौरसिया विवाद गर्दा उनी माथि मेयरले हात छोडेका थिए । त्यसपछि आक्रोशित भीडले मेयर सरावगी माथि कुटपिट गरेका थिए । प्रहरीले चौरसियालाई नियन्त्रणमा राखेको छ।
प्रतिक्रिया