वीरगंज, ९ असार ।
स्व. बिन्दु पाण्डे स्मृति प्रतिष्ठानले आज नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा एक कार्यक्रमबीच पत्रकार लक्ष्मी खरेललाई बिन्दु पाण्डे क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सोनार समाज, पर्साका अध्यक्ष भुलन साहले बिन्दु पाण्डे क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार खरेललाई प्रदान गरेका हुन् । रू १२ हजार राशिसहित सम्मानपत्रले पत्रकार खरेल सम्मानित भएकी हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बन्जारा, ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, सुदर्शनराज पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष्F विजयप्रकाश बिनलाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा स्वागत प्रतिष्ठानका अध्यक्ष विजय भण्डारी र सहजीकरण माधुरी महतोले गरेकी थिइन् ।
प्रतिक्रिया