वीरगंज – आफ्नै छोरीलाई पटकपटक बलात्कारको प्रयास गरेको आरोपमा एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ। बारा निजगढ नगरपालिका वडा नं ९ भमरा टोल बस्ने ४९ वर्षीय बुबा तीर्थबहादुर सुनालाई बारा प्रहरीले पक्राउ गरी जबरजस्ती मुद्दामा ७ दिनको म्याद थमाई अनुसन्धान गरिरहेको जनाएको छ।
घरमा सुती रहेकी आफनै १५ वर्षिया छोरीलाई उनले विगत ९ वर्षकै उमेरदेखि पटकपटक बालात्कारको प्रयास गरेको र गत जेठ ७ गते छोरी मामाघर गएको बेला बलात्कार गरेका थिए।
उक्त सूचना प्रहरीलाई प्राप्त भएकोपछि उनलाई पक्राउ गरी बारा जिल्ला अदालतमा जबरजस्तीकरणी र हाडनाता अभियोगमा मुद्दा चलाइएको बाराका प्रहरी प्रवक्ता डिएसपी रन्जितसिंह राठौरले बताए।
प्रतिक्रिया