जनकपुरधाम, जेष्ठ २१ । मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तीका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताउनु भएको छ ।
छुवाछुत मुक्त राष्ट्र नेपाल घोषणा दिवसको अवसर पारेर दलित सम्बद्ध संघ संस्थाहरुले आज जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलित हरु आफै सशक्त नभए सम्म अधिकार प्राप्त गर्न नसक्ने बताउनु भयो ।
प्रदेश सरकार दलित मैत्री रहेको दावी गर्नु हुँदै उहाँले दलितहरुको , दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाई सकेको उल्लेख गर्नु भयो ।
सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको दावी गर्नु हुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ज्ञारेन्टी प्रदेश सरकारले दिने बताउनु भयो ।
अवको दिनमा दलितहरुले आफनो को र परायाको भने छुट्याउने बेला आइ सकेको जिकीर गर्नु हुँदै मुख्यमन्त्री राउतले २०४७ सालको परिवर्तन पछि दलितहरुले के पायो भन्ने प्रश्न आफै संग गर्न आग्रह समेत गर्नु भयो ।
दलित अगुवा उमेश विसुन्केको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर सहित प्रदेश भरिका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया