वीरगंज, ९ असार । वीरगंजको माईस्थानस्थित केपी स्वर्णकला पसलमा प्रहरीले
छापामारी गरी करीब ४१ लाख नगदसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
अवैध वित्तीय कारोबार गरेको सूचनाको आधारमा प्रहरीले सो सुनचा"दी पसलमा
छापामारी गरी आठजनालाई नियन्त्रणमा लिएका हो । पक्राउ पर्नेमा २ जना
भारतीय र ६ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
डिएसपी अनन्तराम शर्माका अनुसार कन्हैया साह सोनारको केपी स्वर्णकला
पसलमा अवैध वित्तीय कारोबार भएको सूचना पाएपछि छापामारी गरिएको हो ।
पक्राउ पर्नेमा विन्दवासिनीका ४० वर्षीय सुजीत कुमार, बेलवा –६ निवासी
चन्दन सर्राफ, भारत, चेरगाहाका राजकपूर साह, मोतीहारीका सुनील प्रसाद,
चपुर निवासी सूर्य बहादुर, चैनपुर निवासी गुलाब सिंह, रामटोल निवासी
राकेश कुमार सिंह र स्टाफ घनश्याम सर्राफ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पसलमा सिलबन्दी गरी आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान
विभागको जिम्मा लगाउने जनाएको छ ।
काठको बाकसभित्र राखिएको रु ४१ लाख प्रहरीले नियन्त्रणमा लिएको छ । सो
पसलका सञ्चालक कन्हैया कुमार भारतको वैष्णोदेवी सपरिवारसाथ बिदा मनाउन
गएका थिए ।

प्रतिक्रिया