वीरगंज, १४ असार । प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गा"जासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
नियमित जा"चका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गा"जा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिनुभयो ।
उहा"ले नेपालबाट खरीद गरिएको गा"जा भारत तर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
प्रतिक्रिया