वीरगंज, १४ असार । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ ।
प्राधिकरणले बारा पर्साका विभिन्न ठाउ"का ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको केन्द्रका प्रमुख मुनिनद्र ठाकुरले जानकारी दिए । काटिएकामध्ये ५ सय ९५ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ५ करोड १४ लाख रुपिया"" असुल भएको पनि उनले जानकारी दिए ।
साथै प्राधिकरणले ८७ ग्राहकलाई कालो सूचीमा राखेको छ । पटक पटक शुल्क असुलीको ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालो सूचीमा राखिएको उनले बताए । कालो सूचीमा परेकाहरूबाट ३१ लाख ५४ हजार रुपिया"" उठ्न बा"की रहेको छ ।
यो बाहेक प्राधिकरण वीरगञ्ज शाखाले बिलिङ गरेको झण्डै शत प्रतिशत विद्युत महसुल सड्ढलन भएको शाखा प्रमुख ठाकुरले जानकारी दिए । सडक बत्तीको शुल्क छाडेर बा"की महसुल सड्ढलन भएको उनले बताए ।
चालु आर्थिक वर्षको चैतसम्ममा प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले २ अर्ब ४८ करोड ६४ लाख रुपिया"" विद्युत महसुल उठाएको छ ।
शाखाले २ अर्ब ७५ करोड ४६ लाख रुपिया"" विलिङ गरेको थियो । यसमा सडक बत्ति लगायत अन्य विविध जोडिएकाले बढी बिलिङ देखिएको उनले बताए ।
प्राधिकरण वीरगञ्ज शाखाले चुहावट अन्त्य गर्न विभिन्न स्थानमा अनुगमनका साथै हुकिङ गरेर विद्युत चोरी गर्नेलाई कारबाईको दायरामा पनि ल्याइरहेको शाखा प्रमुख ठाकुरले बताए ।
प्रतिक्रिया