त्रिलोकीनाथ यादव
वीरगंज, १ असार । बाराको पचरौता नगरापलिकाको बेल्दारी चौकीका प्रहरुी
नायब निरीक्ष्ँक देवीलाल चौधरीले ब्रह्मलुट मचाएका छन् ।
सो चौकी अन्तर्गत पर्ने चर्चित नाका गुलरियामा ६ वटा अवैध रक्सीभट्टीहरु
रहेका छन् । एक सातामा दुईवटा अवैध भट्टी सञ्चालन गराउने गरेको र प्रति
रात एक हजारको दरले उठाउने गरेको नाम नबताउने शर्तमा एकजना भट्टी
सञ्चालकले बताएका छन् । सो नाकाबाट अवैध रुपमा भारततर्फ सिलपैक रक्सी
जाने गर्दछ । गुलरिया नाकामा भारततर्फ रक्सी तस्करी गर्ने उद्देश्यले १२
वटा पसल खोलिएका छन् । सो पसल बापत प्रनानि चौधरीले मासिक ४ देखि ५
हजारसम्म रकम उठाउने गरेको एक पसलेले बताएका छन् ।
अवैध रक्सी पसलको बिगबिगीको कारण सो क्षेत्रका सर्वसाधारण, महिलाहरु
पीडित भएका छन् । रक्सी सेवनका कारण घरेलु हिंसामा वृद्धि भएको छ भने
सामाजिक विकृति पनि मौलाएको छ । प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्नुको
साटो पैसाको लोभमा उल्टै भट्टी सञ्चालकहरुलाई संरक्षण गर्ने तथा नेपालबाट
भारततर्फ रक्सी तस्करीमा सघाउ पुर्याउने गरेपछि सामाजिक अगुवाहरु चिन्तित
छन् ।

प्रतिक्रिया