पर्सागढी : पर्सागढी नगरपालिकाको तेस्रो नगरसभा उपमेयर र कार्यपालिका सदस्यले चर्कोे बिरोध जनाएपछि स्थगीत भएको छ ।
नगरपालिकाकी उपमेयर अर्चना चौधरी र कार्यपालिका सदस्यहरुको बिरोध पछि झण्डै २ घण्टा ढिला गरिे नगरसभा सुरु भएको थियो । निति तथा कार्यकम बनाउदा आफुहरुसंग छलफल नै नभएको भन्दै उनीहरुले बिरोध जनाएका हुन । बिरोधपछि नगरसभाको बैठक करिब आधा घण्टा बसेर समापन नै नभई स्थगीत भएको थियो ।
नगरपालिकाको वडा न ८ को कार्यालय हरपुरमा आज दिउँसो करिब १ बजे सुरु भएको नगरसभाको सुरुमै उपमेयर चौधरीले बजेटको पारदर्शीता माथि प्रश्न उठाउनुभएको थियो । उहाले भन्नु भयो "आर्थिक पारदर्शीता नभए जनताको सामुन्ने कुन मुख लिएर जाने , हामीले जनतालाई हरेक प्रश्नको जवाफ दिनुपर्छ त्यसैले हरेक हिसाव किताव पारदर्शी राख्न जरुरी छ ।"
उपमेयर चौधरीले मेयरले छलफल नै नगरी ल्याएको बजेट आफुहरुलाई मान्य नहुने बताउनुभयो । उहाले मेयर एकलौटी ढंगबाट चल्न खोजेकोले आफुले बिरोध जनाएको बताउनुभयो ।
नगरपलिकाको वडा नं ३ का अध्यक्ष उद्धव बहादुर उप्रेतीले वडालाई वजेट बिनियोजन गर्दा भुगोल र जनसंख्याका आधारमा नगरिए आफु बिरोधमा उत्रने बताउनु भयो । बजेटमा वडाहरुलाई दिइने रकमको सिलिङ नै नभएको भन्दै वडाले कति रकम पाउने हो यसबारे आफु अनबिज्ञ रहेको बताउनु भयो ।
यता मेयर लोकनारायण यादवले भने सबैसैग छलफल गरेरै बजेट ल्याइएकाले बिबाद गरिरहनु पर्ने कुनै कारण नरहेको बताएका छन । मेयर यादवले सबै बिबाद छलफलको माध्यमबाट सामाधान गरिने बताउनुभयो । उहाले असाढ १३ गते बस्ने अर्को बैठकले बिबाद सामाधान गरी निति तथा कार्यक्रम पारित हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
प्रतिक्रिया