वीरगंज,१९ जेष्ठ ।
समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले गरिब तथा दैनिक ज्यालादारी गरेर खानेहरूलाई असर पर्ने गरी खाद्यान्न समाग्रीहरूमा लगाइएको भ्याट कर तत्काल हटाउन मांग गर्नु भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को बजेट माथी आईतबार देखि संघिय संसदमा शुरू भएको छलफलमा बोल्दै सांसद यादवले आम जनताको दैनिकी संग जोडीएको खाद्यान्न समाग्रीहरू आँटा र सोयाविनमा लगाइएको भ्याट कर तत्काल हटाउन सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । सांसद यादवले भने सरकारले भनिरहेको छ समृद्ध नेपाल सुखी नेपाली तर सरकारको भनाई र गराईमा धेरै फरक छ आम जनताले दैनिक उपभोग गर्ने खाद्यान्न समाग्रीमा भ्याट कर लगाएर नेपाली सुखी हुदैनन् त्यसकारण आम जनतालाई असर पार्ने त्यस्ता कर हरूलाई तत्काल हटाउन अर्थमन्त्रीलाई आग्रह गर्नु भयो । आँटा र सोयाविनमा लगाइएको करले ठुलाबडाहरूलाई खासै असर पर्दैन जो दैनिक काम गरेर खाने गरिब किशानहरू छन उनिहरूलाई महंगीले दैनिक जिविको पार्जन गर्न समेत अप्ठायारो हुने भएकोले यस्ता कर कुनै पनि हालतमा नलगाउन र तत्काल फिर्ता लिन समेत सांसद यादवले सदनको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश २ लाई बजेटमा उपेक्षा,सौताको व्यवहार गरियो
समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम संघिय सांसद प्रदिप यादबले सरकारले लयाएको २०७६/०७७ को बजेटले प्रदेश नम्बर २ लाई उपेक्षा गरेको बताउनु भएको छ ।
आर्थिक वर्ष २०७६र०७७ को बजेटमाथि आइतबारदेखि संसदमा शुरू भएको छलफलमा बोल्दै सांसद यादबले अर्थमन्त्रीले जेष्ठ १५ गते प्रस्तुत गर्नु भएको बजेटमा प्रदेश २ लाई उपेक्षा गर्नुको साथै सौताको व्यवहार देखाएको बताउनु भयो । सांसद यादवले भने बजेट पुर्ण रूपमा केन्›मुखि छ, प्रदेश २ लाई विभेद गरिएको छ, त्यसकारण सरकारले प्रदेश २ लाई स्पेशल बजेट दिनु पर्ने बताउनु भयो ।
संसदमा बोल्दै सांसद यादवले गत बर्षको तुलनामा प्रदेश २ मा ३ अर्ब रूपैया कम बिनियोजन गरेको बताउँदै प्रदशे न. २ लाई समृद्ध बनाउन कम्तीमा ३० देखि ४० अर्ब रूपैया बिनियोजन गर्नुपर्ने बताउनु भयो । उहाँले केन्›ीय तथा प्रदेश सरकारको सम्बन्धलाइ मजबुत बनाउनका लागि समान रूपमा बजेट बिनियोजन गर्नुपर्ने बताउनु भयो ।
सांसद यादबले निजगढ अन्तराष्ट्रिय बिमानस्थल प्रदेश न. २ को मुटुमा रहेको बताउँदै त्यसको लागि बजेट नराखिएको तर पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागी बजेट छुटयाइएकोले यस्मा विभेद गरिएको बताउदै सांसद यादवले निजगढ विमानस्थलका लागी पनि विषेश बजेट छुटयाउन मांग गर्नु भयो ।
प्रतिक्रिया