वीरगंज, ६ असार ।
ग्लोबल विजनश क्लेजको आयोजनामा आज निश्शुल्क आखाँ शिविर समपन्न भएको छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी कलेज परिसरमा आयोजित शिविरमा १ सय ७० जनाले आँखा चेकजाँच गराएको कलेजका प्रबन्ध निर्देशक श्रीराम दासले बताए ।
डा. अरूण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलीले निश्शुल्क रूपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्टिदोष देखिएको माट्रिका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले बताए । उपचारका क्रममा आँखामा समस्या देखिएका बिरामीहरूको थप उपचार माट्रिका फाउण्डेशनले निश्शुल्क रूपमा गरिदिने धामीले विश्वास व्यक्त गरेका थिए ।
शिविरमा ग्लोबल विजनश क्लेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिषेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरू विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल कार्यक्रममा वित व्यवस्थापक अशोक सरार्पm, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, क्लेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया