वीरगंज, १४ असार । बाराको निजगढ नगरपालिकाले नगरको शैक्षिक गुणस्तर बिकासका लागी नगरभित्रका विद्यालयहरूको बिकासमा चासो देखाएको छ ।
नगर प्रमुख सुरेस कुमार खनालको अध्यक्षतामा शनिवार आयोजित नगर भित्रका प्रधानाध्यापकहरूसंगको भेलामा खनालले नगरको शैक्षिक स्तर वृद्धि गर्न सम्पूर्ण बिध्यालयहरूले प्रदान गर्ने शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् ।
यसैगरी प्रधानाध्यापकहरूसंगको भेलाले निजगढको शैक्षिक स्तर बढाउन नगर स्तरीय परीक्षा संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि नगर स्तरीय परीक्षा संचालन समिति गठन गरेर अगाडी बढ्ने निर्णय भएकोे नगर प्रमुख खनालले जानकारी दिए ।
त्यस्तै नगर भित्रका बिध्यालयहरूको सुधारकालागि बिशेष गुरूयोजना तयार गरेर सोही अनुसार कार्य गरिने उनले बताए । त्यसैगरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागी शिक्षा क्षेत्रमा वियोजन गरेको बजेट नगरका सम्पूर्ण बिध्यालयहरूलाई बितरण गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया