वीरगंज, २८ जेठ ।
वीरगंज बसपार्कमा अलपत्र अवस्थामा रहेका एकजना वृद्धको उद्धार गरिएको छ ।
हिजो सामाजिक संजालमा वृद्ध अलपत्र अवस्थामा रहेको फोटो पोस्ट भएपछि प्रहरीले वृद्धको उद्धार गरी मानव सेवा आश्रमको जिम्मा लगाएको छ । बसपार्क प्रहरी चौकीका इनर्ज श्यामकिशोर यादव, मानव सेवा आश्रमका देवेशलगायत संचारकर्मीको रोहबरमा वृद्धको उद्धार गरिएको हो ।
प्रतिक्रिया