जनकपुर । बारा जिल्ला अदालतका एक तमेलदार आज १८ हजार रुपैयाँ सेवाग्राहिसङ्ग घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
शुक्रबार एक सेवाग्राहीलाई मुद्दा छिटो पेसीमा चढाइदिन्छु भन्दै बारा जिल्ला अदालतका तामेलदार सुनिल चौधरीले घुस माग गरेका थिए ।
अदालतको छेउमै रहेको मालपोत कार्यालय अगाडि घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने तामेलदार चौधरी गजनी अदालतको कोठा नम्बर ७ मा कार्यरत छन् ।
प्रतिक्रिया