पर्सा जेठ २८ कर्तब्य ज्यान मुद्दाका फरार भएका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
बहुदरमाइ नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय प्रजा सहनीलाई पर्सा प्रहरीले छपकैयास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनले गत चैत १८ गते स्थानीय किशोरी सहनीको हत्या गरी गहुँबारीमा फालेको प्रहरीले जनाएको छ।
सहनीको हत्यापछि उनी लुकेर रक्सौल आसपासका क्षेत्रमा बस्दै आएका थिए।
पक्राउ पछि प्रजा सहनीले किशोरी सहनीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। किशोरी सहनीले आफ्नो आमासँग अवैध सम्बन्ध राख्ने गरेको थाहा पाएपछि उनको हत्या योजना बुनेको प्रजा सहनीले प्रहरी समक्ष बताएका छन्।
प्रतिक्रिया