रौतहट । सवारी साधनको चाप रहने चन्द्रनिगाहपुरको मुख्य चौकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।
पूर्वपश्चिम लोकमार्ग र सदरमुकाम गौर जाने उत्तर दक्षिण मार्गसँग जोडिएको चन्द्रनिगाहपुरको मुख्य चोकमा नै ट्राफिक व्यवस्थापन कमजोर हुँदा दुर्घटनाको खतरा बढको छ ।
जथाभावीे पार्किङ्ग हुँदासमेत ट्राफिक प्रहरी मुकदर्शक बनेपछि सवारी व्यवस्थापन कमजोर भएको हो ।
चन्द्रनिगाहपुर बाहेक गरुडा बजार, शिवनगर, गौरलगायतका शहरी क्षेत्रमासमेत सवारी साधनको जथाभावी पार्किङ्ग हुने गरेको छ ।
सवारी साधनको व्यवस्थापन भन्दा पनि प्रहरीले एकान्तस्थलमा चेकिङ्ग गर्दै आएको छ ।
चन्द्रनिगाहपुरको मुख्य चोकको क्षेत्रमा ठेला गाडा, मयुरी, ईरिक्सा, अटोसमेत जथाभावी रोकिँदा फोहोर उठाउन समस्या भएको छ भने पैदल यात्रुलाई हिँडन सास्ती भएको छ ।
प्रतिक्रिया