Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगञ्ज महानगरपालिकाका कर्मचारी फेरि आन्दोलित

SHARE: 520

१७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । बोर्डले गरेको निर्णयसमेत कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले आ-आफ्नो शाखामा तालाबन्दी गरी वीरगञ्ज महानगरपालिकाको कामकाज ठप्प पारेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल नगरपालिका कर्मचारी एशोसिएसनमा आवद्ध कर्मचारीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले बारुण यन्त्र, विहानको एक पटक सरसफाइ, शिक्षा, स्वास्थ्य चौकी र लामखुट्टे नियन्त्रणका लागि भइरहेको स्प्रे बाहेकका सबै कामकाज ठप्प पारेका छन् ।

आइतबार बिहानैदेखि कर्मचारीहरु धर्नामा बसेका कारण महानगरपालिकाको कामकाज ठप्प छ । विभिन्न काम लिएर महानगरपलिाकामा पुगेर सेवाग्राहीहरु मर्कामा परेका छन् ।

चैत ११ गते तीन दिने अल्टिमेटमसहित प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराएको भए पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको स्थानीय तह कर्मचारी संघ नेपालका वीरगञ्ज अध्यक्ष मुकेश गुप्ताले बताए ।

०७५ भदौं २० गतेदेखि नै मौखिक तथा लिखित रुपमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकहित, वृत्ति विकास, दरबन्दी एवं संगठन तालिकाका सम्बन्धमा आवाज उठाउँदै आएको हो ।

'विगतमा झण्डै एक महिना आन्दोलन पनि गरेका हौं,' उनले भने, 'वार्ता समिति गठन गरेर सहमति भइ पुस ३० गतेको कार्यापालिका बोर्ड बैठकबाट निर्णयसमेत भइसक्दा निर्णय कार्यान्वयन नहुनु दुःखद हो त्यसैले आन्दोलनमा उत्रन बाध्य भएका छौं । अब निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्छौं ।'

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने कार्यापालिका बोर्डबाट निर्णय भएपनि कार्यान्वयन गर्न कानुनी आधार नभएको बताए ।

उनले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्ने भएकोले महानगरपालकाले चाहेर मात्रै केहि नहुने बताए । 'कर्मचारी समायोजन संघीय कानूनअनुसार हुनेछ भनिएको छ ।

'ऐनमा स्थानीय तहका कर्मचारी समायोजनका बारेमा खुलाइएको छैन । कानुनी आधार नभएकोले बोर्डको निर्णय कार्यान्वयन गर्ने कानुनी देखिदैन,' उनले भने, 'एक साता अघि नै बोर्डले गरेको निर्णय, कर्मचारीहरुको मागका विषयमा मन्त्रालयमा लिखित जानकारी पठाएका छौं । माग पूरा गर्न कानुनी आधार बनाईदिन आग्रह गरेका छौं ।'

यस्तो थियो सहमति

भदौदेखि नै राख्दै आएको मागबारे सुनुवाई नभएको भन्दै पुसमा पनि स्थानीय तह कर्मचारी संघ वीरगञ्ज र नगरपालिका कर्मचारी एशोसिएसनको आव्हानमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

पुस १९ गतेदेखि कर्मचारीहरुले महानगरपालिकाको कामकाज नै ठप्प पारेर आन्दोलन गरेपछि महानगरपािलकाले वार्ता समिति गठन गरेको थियो ।

महागनरपालिकाको कार्यपालिका सदस्य अरविन्दप्रसाद गुप्ता नेतृत्वको वार्ता टोली र आन्दोलनरत कर्मचारीहरुबीच भएको वार्तामा ६ बुँदे सहमति भएको थियो ।

वार्तामा संगठन तालिका र कर्मचारी दरबन्दी, तह वृद्धि/वृत्ति विकास, स्थानीय तह कर्मचारी सेवा ऐन निर्माण, कर्मचारीहरु नियुक्ति गर्दा आवश्यकता र औचित्यताको आधारमा सामाजिक परिचालकहरुलाई प्राथमिकता दिने, समायोजन भइ आउने कर्मचारीहरुको तलब, भत्तालगायतका सुविधाका बारेमा खुलाई पठाउन सरकारसँग माग गर्ने र नियमित काममा र्फकने सहमति भएको थियो । तर, अहिलेसम्म सहमति कार्यान्वयन नभएको कर्मचारीको गुनासो छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: वीरगञ्ज महानगरपालिकाका कर्मचारी फेरि आन्दोलित
वीरगञ्ज महानगरपालिकाका कर्मचारी फेरि आन्दोलित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWv8GxEpIKiZfaRNmUCW4Q3aakT992XrFiTxGie1MjA-6CbcmkEuEsLBYUCimFaBPsUSlRwUU83_PmTurUdLvfWdb8kuEO9xgzhVgyLTB3_rarAJTi3WtyAKnEXxIE3IoQ-yL0tmaCjvGl/s320/Untitled-1-732978.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWv8GxEpIKiZfaRNmUCW4Q3aakT992XrFiTxGie1MjA-6CbcmkEuEsLBYUCimFaBPsUSlRwUU83_PmTurUdLvfWdb8kuEO9xgzhVgyLTB3_rarAJTi3WtyAKnEXxIE3IoQ-yL0tmaCjvGl/s72-c/Untitled-1-732978.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/03/blog-post_45.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/03/blog-post_45.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content