वीरगंज, १५ माघ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलिले सोमबार अवैध रुपमा संचालन गरिएको मदिरा भठी नष्ट गरेको छ ।
सो प्रहरी टोलिले जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.१ मा अवैध रुपमा संचालन गरिएको भट्टी १ वटा, मदिरा बनाउने कच्चा पदार्थ २ हजार लिटर र तयारी मदिरा १ सय लिटर नष्ट गरेको हो ।
त्यसैगरि बहुविवाह मुद्दामा फरार रहेका कैदीलाई तालुक संघिय प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिहोर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ ।
बारा जिल्ला अदालतको मिति २०७१।०६।०६ गतेको फैसाला अनुसार बहुविवाह मुद्दामा १ वर्ष कैद र रू.५ हजार जरिवाना लागी फरार रहेका जिल्ला बारा करैयामाई गा.पा.वडा नं.६ बस्ने अकलु चौधरीको छोरा बर्ष ३२ को अमर चौधरीलाई सोमबार तालुक संघिय प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिहोर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ परेका चौधरीलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि अदालतको आदेश अनुसार निज चौधरीलाई कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया