वीरगंज २८ माघ । सशस्त्र प्रहरीले पर्साको जानकीटोलाबाट लागु औषध चरेसको
धुलो र गाजा बरामद गरेको छ । सशस्त्र प्रहरी बोडर आउट पोस्ट भिखमपुरका
सशस्त्र प्रहरी निरीक्षक शम्भु बिक्रम शाह नेतृत्वमा खटिएको गस्ती टोलीले
बिहिवार बिहान पाँच बजे ८ किलो चरेशको धुलो र ८ किलो गाजा बरामद गरेको हो
।
तस्करहरूले जानकीटोला–८ दसौता हुँदै नेपालबाट भारत तर्फ लगिरहेको
अवस्थामा गाजा र चरेश बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा
कार्यालय पर्साका सशस्त्र प्रहरी निरीक्षक भि
म बहादुर थापाले जानकारी दिए । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ने
बितिकै तस्करहरू गाजा र चरेश छोडेर भाग्न सफल भएको दावी सशस्त्र प्रहरीको
छ ।
बरामद गरिएको गाजा र चरेसको धुलो आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी
कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरीले दसौताबाट नै भारतबाट अवैध रूपमा नेपाल
भित्र्याउँदै गरेको ३ बोरा चप्पल समेत बरामद गरेको छ । बरामद गरेको चप्पल
आवश्यक कारबाईका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरीले
जनाएको छ ।

प्रतिक्रिया