वीरगंज २८ माघ । उद्योगी ब्यापारीहरूको आग्रहमा नाकाबन्दीको कार्यक्रम
फिर्ता लिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
बताएका छन । बाराको कलैयामा उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट
कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक फोरम नेपालका
अध्यक्ष उपेन्द्र यादवले यस्तो बताएका हुन । मोर्चाले अस्ती मात्र नेपाल
र भारतका ब्यापारीहरूले नाका सूचारू गराएपछि आमहड्ताल र नाकाबन्दीको
कार्यक्रम फिर्ता लिएको थियो । ब्यापारीहरूसंगको भेटमा अध्यक्ष यादवले
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन भने जारी नै रहेको बताएका
थिए । उनले लामो समयसम्म नाकाबन्दी र आमहडताल चलिरहदा उद्योगी व्यापारीले
गुनासो गरेको बताए । उद्योगी ब्यपारीको गुनासो आएपछि आन्दोलनको स्वरूप
मात्र फेरिएको छ उनले भने अब गाउँगाउँमा कार्यक्रम गरि नागरिकको जनमत
बुझेर थप सशक्त आन्दोलनको कार्यक्रम ल्याउछौ।
अध्यक्ष यादवले अबको आन्दोलन तराई देखि पहाड सम्म हुने बताए । आन्दोलनको
अवधिमा उद्योग व्यवसायमा भएको नोक्सानको क्षतिपूर्तीका लागी मोर्चाले पहल
गर्ने आश्वासन यादवले दिए ।कार्यक्रममा फोरमनेपालका सह अध्यक्ष राजेन्द्र
श्रेष्ठ, उपाध्यक्ष लालबाबु राउत, केन्द्रीय सदस्य प्रमोद गुप्ता,
रामकिशोर यादव, पर्सा अध्यक्ष प्रदीप यादव, बारा अध्यक्ष रामबाबु कुमार
यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया