वीरगंज, १५ माघ । साढे पा"च महिना पछि शुक्रवार बिहान केही घन्टा खुलेको
वीरगंज–रक्सौल नाका मधेसी दलका नेता कार्यकर्ताले फेरि ठप्प पारेका छन ।
शुक्रवार बिहान साढे सात बजेदेखि अघोषितरूपमा खुलेको वीरगंज रक्सौल नाका
मधेसी दलका कार्यकर्ताहरूले बिहान १० बजे देखि फेरि ठप्प पारेका हुन ।
संघीय समावेशी मधेसी युवा गठबन्धनका साथै मधेसी दलका नेता कार्याताहरूले
मितेरी पुलमा बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन गर्दै नाका फेरि
अवरूद्ध गरेका हुन ।
मधेसी दलले साढे पा"च महिना देखि नाकाबन्दी गरेको वीरगंज रक्सौल नाका
शुक्रवार बिहान करिब अढाइ घण्टा खुलेको थियो ।
आन्दोलनकारीले धर्ना दिएको दगशजा क्षेत्रमा रहेको मितेरी पुलबाटै
शुक्रवार बिहान पा"च वटा मालवाहक ट्रक रक्सौलबाट वीरगंज छिरेका छन ।
भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पा"चवटा ट्रक शुक्रवार
बिहान आठ बजे तिर आन्दोलनकारीले धर्ना दिएकै मितेरी पुलबाट वीरगंज प्रवेश
गरेका हुन । ना १ ख ९७३६,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख
७३११ नम्बरको मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगंज छिरेका हुन ।
यस्तै वीरगंज तर्पmबाट पनि सात वटा भारतीय खाली ट्रक मितेरी पुलबाटै
रक्सौल गएका छन ।नाकाबन्दीका कारण वीरगंजमा लामो समयदेखि अलपत्र एन एल ०१
डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली
ट्रकहरू रक्सौल गएका हुन ।
बिहान साढे सात बजेदेखि १० बजेसम्म जीप, कार लगायतका चार पाङग्रे साना
सवारीसधानका साथै टयामे, रिक्सा र टा"गाहरू पनि धर्नास्थलबाटै
निर्वाधरूपमा वीरगंज रक्सौल ओहोर दोहोर गरेका थिए ।
मितेरी पुलको धर्नास्थलमा बिहान आठ बजेतिर दुईजना मात्र आन्दोलनकारी
बसेका बेला मालवाहक ट्रकहरू रक्सौलबाट वीरगंज र वीरगंजबाट रक्सौल छिरेका
थिए ।
यसैगरी धार्मिक समुदायका मानिसहरू सडकमा धर्नामा बसेपछि वीरगंजको सुख्खा
बन्दरगाह ठप्प बनेको छ । मधेस आन्दोलनको समर्थनमा धार्मिक काफिलामा
निस्किएका मानिस सडकमै धर्नामा बसेपछि सुख्खा बन्दरगाह ठप्प भएको हो ।
मधेसका हिन्दुहरूको धार्मिक चलन अनुसार माघ महिनामा घरघरबाट धार्मिक
काफिला निस्किने गरेको छ । समुहमा निस्कने तीर्थ यात्रिहरू यो वर्ष मधेस
आन्दोलनको समर्थनमा सुख्खा बन्दरगाहको निकास अवरूद्ध हुने गरी सिर्सिया
चोकमा बसेपछि त्यहा"बाट हुने निकासी ठप्प भएको हो ।
उनीहरू श्रीपञ्चमीका दिनसम्म चोकमै बस्ने बताइएको छ । वीरगंज नाका थुनिए
यता सुक्खा बन्दरगाहबाट साढे २ लाख टन मालसामान भित्रिएको थियो ।
बिहीवार दिउ"सो १२ बजे क"वरियाको काफिलाले बाटो अवरोध गरेपछि सुख्खा
बन्दरगाहबाट मालसामान निकाल्न सकिएको छैन । काफिलालाई धर्नामा राख्न
मधेसी दलका नेताहरू पुगेका छन ।

प्रतिक्रिया