वीरगंज ,माघ १०.
प्रजातन्त्रका अथक योद्धा एवं मधेस आन्दोलनका प्रणेता नेपाल सदभावना
पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १५ औं
पुण्यतिथीको अवसरमा आज वीरगंजमा मधेस आन्दोलन र गजेन्द्र पथ बिषयक बिचार
गोष्ठी सम्पन्न भएको छ । नेपाल सदभावना पार्टी पर्साले आज वीरगंज जेसीसको
सभाहलमा आयोजना गरेको सो बिचार गोष्ठीमा मन्तव्य व्यक्त गर्दै वक्ताहरुले
नेपालमा शोषित पिडितको पक्षमा वकालत गर्ने एक मात्र नेताको रुपमा स्थापित
स्व. गजेन्द्र नारायण सिंह आफैमा राजनेता भएको टिप्पणी गर्दै उहाँकै
मार्गमा अहिले देश अगाडी बढिरहेको र हाल जारी मधेस आन्दोलन पनि उहाँकै
बिचारको उपज भएको बताएका थिए । गोष्ठीलाई सम्बोधन गर्दै वक्ताहरुले
नेपालमा संघीयताको परिकल्पना गजेन्द्र नारायण सिंहकै परिकल्पना भएको
चर्चा गर्दै गजेन्द्र नारायण सिंह बिखण्डनवादी नभई राष्ट्रलाई मजबुत
बनाउन एउटै देश भित्र बसेका चाहे पहाडी हुन या मधेसी सवैलाई समान अधिकार
एवं समातावादी समाज निर्माणको लागि जीवन भर लडेकोले वहाँको सपनालाई सकार
पार्न सम्पुर्ण मधेशवादी राजनितीक दलहरु एकजुट भएर अगाडी बढेर अधिकार
प्राप्तिको लागि आन्दोलन गर्न चर्चा गरेका थिए । मधेस र मधेसीको नाम
सुन्न डराउने मधेसीहरु आज देशमा गर्भका साथ अगाडी बढिरहेको प्रेरणा स्व.
सिंहबाटै प्राप्त भएको चर्चा गर्दै वक्ताहरुले स्व. सिंहको जिवन शैलीबाट
शिक्षा लिई अगाडी बढे देश र मधेसको बिकास निश्चित भएको बताएका थिए ।
नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष मनोज कर्णको सभापतित्वमा सम्पन्न
सो गोष्ठीमा तराई मधेस सदभावना पार्टीका सह अध्यक्ष एवं पुर्वमन्त्री
रामचन्द्र कुशवाहा,तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव एवं पुर्व
सभासद जितेन्द्र सोनल,तमरा अभियानका महासचिव एवं पुर्व सभासद आत्माराम
साह, संयुक्त मधेश राष्ट्रिय समितीका सह सहयोजक एवं पुर्व सभासद गोपाल
ठाकुर, नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, मजफो गणतान्त्रिकका
महासचिव महम्द कदम रसुल, सदभावना पार्टीका सह महासचिव सुरेन्द्र प्रसाद
कुर्मी, नेपाल राष्ट्रिय समाजवादी पार्टी लोहीयावादीका अध्यक्ष नन्दन
यादव, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडिया, नेपाल पत्रकार
महासंघका केन्द्रिय सदस्य शितल महतो, रामसपा पर्साका अध्यक्ष प्रेमबाबु
पटेल, मधेसी बुद्धिजिवी पर्साका अध्यक्ष सुरेश कुशवाहा, तमरा अभियानका
केन्द्रिय सदस्य पुष्पा पाण्डे, नेसपाका केन्द्रिय सदस्य अनिरुद्ध सिंह,
संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, नेसपा
पर्साका प्रवक्ता सुजित त्रिपाठी, रामपसा पर्साका सचिव धर्मेन्द्र पटेल,
युवा नेता अनिल गुप्ता लगायतले आ आफना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेसपा पर्साका सचिव कृष्णा पटेल र स्वागत मन्तव्य
जादोलाल साहले गरेका थिए ।

प्रतिक्रिया