कलैया, १० माघ
भारत सरकारले आगमि माघ ११ गतेदेखी रक्सौल तथा अन्य नाकाबाट भारत प्रवेश
गर्ने नेपाली सवारी साधनले इन्ट्रि पास लिनुपर्ने प्रावधान लागु गर्ने
भएको छ । भारतको सिमाक्षेत्रमा रहेका सम्पुर्ण नाका तथा छोटि नाकाहरुमा
इन्ट्रि प्रावधान शुरु गर्न लागिएको भारतिय सिमा शुल्क कार्यालय रक्सौलका
डिपुटि कमिसार अखिलेश कुमारले बताए ।
मोटर साइकल देखि हेभि सवारीका साधनहरु समेतले इन्ट्रि पास नलिएर प्रवेश
गरेको खण्डमा सवारी साधन जफत तथा ठुलो जरीवाना लिने अखिलेश कुमारले
जानकारी दिए । इन्ट्रि पास समेत ३ किलोमिटर दायरामा मात्र समिति हुने र
सिमाक्षेत्रबाट ३ किलोमिटर भन्दा बढी भित्र जाने नेपाली सवारी साधन जफत
गरिने भारतिय सिमा शुल्क कार्यालयले जनाएको छ ।
इन्ट्रि पासको म्याद १ दिनको मात्रै रहने र १ दिन भन्दा बढी ३ किलो
आसपासको क्षेत्रमा बस्नु पर्ने भए भारतिय बाणिज्य दुतवासबाट अनुमति
लिनुपर्ने कार्यालयले जनाएको छ । सोमबारदेखी भारत भित्रिने नेपाली सवारी
साधनलाई अनिवार्य रुपमा इन्ट्रि पास लिए नलिएको सम्बन्धमा आवश्यक
अनुशन्धानका लागि भारतिय कष्टम, एसएसबि, विहार प्रहरी र अन्य
पदाधिकारीलाई समेत खाटाइएको रक्सौल कष्टमका डिपुटि कमिसर अखिलेश कुमारले
बताए ।
भारत सरकारको यो निर्णय पछि नेपाली नम्बरका मोटरसाइकल लगायत हल्का
सवारीका साधनमा निर्वाध रुपमा सिमाक्षेत्रको आसपासमा आवतजावत गर्न अब
कठिनाई हुने भएको छ ।

प्रतिक्रिया