असत्य म्योअः जयते
visit us at : www.samabad.com
- रजानी श्रेष्ठ
यो शीर्षक सायद कसैलाई पच्ला वा पाच्य होला । किन कि यो भन्नु सरासर गलत हुनेछ । रातलाई दिन कालोलाई सेतो भन्नु जस्तै हामी पृथ्वीका सर्वश्रेष्ठ विवेकसिल प्राणी मानव हामी यति प्रखर र तेजबुद्धिको छौँ । यही बुद्धिको प्रखरता र तेजलाई धुर्त्याई यसरी पनि प्रयोग गर्न सक्छौ की अरु बुद्धिमान, कम बुद्धि वा सामान्य बुद्धि, ज्ञानको कमी भएका व्यक्तिहरुलाई रातलाई दिन कालोलाई सेतो भनी व्याख्या गरी सहमत गराउन नसके पनि त्यसको विरुद्ध नबोल्न, तर्क नगर्न बाध्य पार्छौँ । त्यो चाहे अरुको बुद्धि भुटेर होस्, लोभ वा डर देखाएर वा केही स्वार्थ राख्न लगाएर । कसैले पनि नबोल्नु, ठीक बेठीकबारे तर्क नगर्नु वा चुप लागेर बस्नुलाई सहमति भनिन्छ । दिन-रात हुन्छ र कालो-सेतो हुन्छ । यहीबाट असत्य म्योअः जयते सुरुवात हुन्छ । तर यो असत्य हो । किन कि यथार्थ सत्य म्योअः जयते नै भएकोले असत्यका विरुद्ध बोल्ने र दिनलाई दिन, कालोलाई कालो नै हो भन्ने, व्याख्या गर्ने र तर्क गर्नेहरु एक दिन निस्कन्छ नै, जन्मछन् नै सत्य म्योअः जयते घाम झै छर्लङ्ग हुन्छन् नै । मात्रै पैसा,सत्ता र शक्तिको लागि एउटा ब्वासोले गाईको मुकुण्डो ओढेझै माओवादी राजनीतिक दर्शनको मुकुण्डो ओढी हजारौँ जनताको ज्यान लिने, लाखौँ-लाख जनताको आँसुको भेल बगाउँदै उठीबास लगाउन बाध्य पार्ने हिँसाको पुजारी, घोर लोभी, पापी र स्वार्थी प्रचण्डलाई लुम्बिनी अर्थात् बुद्धभूमिको संरक्षकको अध्यक्ष बनाइनु दिनलाई रात र कालोलाई सेतो अर्थात् असत्य म्योअःजयते भनी व्याख्या गर्नुजस्तै हो ।
यसमा ती ब्वासोहरुको जमात बाहेक सायदै कोही सहमत होलान् र सायदै कसैलाई पच्ला वा पाच्य होला ।
धर्म र राजनीति आस्था र स्वार्थका दुई धुर्ब हुन् । धार्मिक व्यक्ति वा समूहहरु अलौकिक संवेदनाका लागि निस्वार्थः रुपमा त्यागका लागि तत्पर रहन्छन् । राजनीतिज्ञहरु शक्ति र सत्ताको लागि मानवीय संवेदनाको हत्या गर्न समेत पछि पर्दैनन् । धर्ममा नैतिकताको मूल्य हुन्छ । राजनीतिमा स्वार्थका मूल्य हुन्छ । धर्ममा त्याग- त्याग मात्रै त्याग हुन्छ भने राजनीतिमा प्राप्ति- प्राप्ति मात्रै प्राप्ति हुन्छ । विश्वको प्रचलित विभिन्न धर्महरुमध्ये अहिंसा, प्रेम, त्याग र दर्शनका दृष्ट भगवान् गौतम बुद्धको पवन भूमि लुम्बिनी संरक्षणको अध्यक्ष प्रचण्डलाई बनाउनुमा खरायोको संरक्षण ब्वासोलाई बनाएको जस्तो ठहरिदैनन् र ? धर्म भन्ने कुरा नितान्त व्यक्तिगत संवेदना हो । धर्मप्रतिको निष्ठा एउटा अलौकिक विचार हो । त्यागको लागि तत्परता हो । प्रेमको प्रतीक हो । प्रेमी र संवेदशील व्यक्ति नै आस्थावान हुन्छन् । निष्ठावान र नैतिक हुन्छन् र यिनै व्यक्ति त्यागप्रति तत्परता हुन्छन् ।
जुनसुकै रुपमा भए पनि धर्म सर्वोव्यापी छ । तर धर्मप्रति नै अनास्था राख्ने नास्तिक, निर्दयी र अधार्मिक व्यक्तित्व प्रचण्ड जस्ता कम्युनिष्ट नेता जसमाथि हजारौँ जनताको निर्मम हत्या र लाखौँ जनताको अमानवीय पीडा र रोदनयुक्त विस्थापनका एक मात्र जिम्मेवार व्यक्तित्व प्रचण्डलाई भगवान् गौतम बुद्धको पवन भूमि लुम्बिनी संरक्षणको अध्यक्ष बनाउनुलाई धर्मको मर्मको खुला रुपमा खिल्ली उडाएको ठहरिदैनन् र बुद्धको दिव्य दर्शन र मार्गको उपहास गरेको ठहिरंदैनन् र विधर्मीहरुले अफगानिस्तानको वाहियानमा बुद्धको मुर्ति तोपद्वारा उडाएको जतिकै बुद्धको अनुयायीहरुको आस्थालाई उडाएको ठहिरंदैनन् र अब सम्पूर्ण बौद्धमार्गीहरुले बुद्धको परम् शिक्षा अहिंसालाई दृढतापूर्वक पछ्याउँदै त्यागको तत्परता देखाउँदै धर्ममाथि राजनीतिलाई हावी हुन नदिन र एउटा नास्तिक कुटील षडयन्त्रकारी व्यक्तिलाई धार्मिक आस्थाको धरोहरबाट निकालिनुपर्छ, हटाइनुपर्छ ।
सत्य म्योअःजयते मन्त्रोचरणको होमकुण्डामा प्राणकै आहुती दिनुपरे पनि एकताबद्ध रुपमा अगाडि बढ्दै सम्पूर्ण विश्वलाई सोधौ, आह्वान गरौँ र भनौँ असत्य म्योअः जयते हो वा सत्य म्योअः जयते जवाफ मात्र एउटै हुनेछ । किन कि असत्य म्योअःजयते झुट हो । भ्रम हो क्षणिक हो छन् भङ्गुर हो सत्य म्योअः जायते यथार्थ हो सास्वत हो ।
प्रतिक्रिया