Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

kshepyastra weekly

SHARE: 520

पर्यटन वर्षको बेहाल, कर्मचारीहरू मालामाल

काठमाडौ । दस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्ष २०११ अन्ततः आˆनो लक्ष्यमा नपुग्दै सकिने अवस्थामा पुगेको छ । लक्ष्यअनुरूपको संख्यामा पर्यटक भित्र्याउन नसक्नुको विविध कारण भए पनि मुख्य कारण भने पर्यटन वर्ष २०११ को सचिवालयले चुस्तदुरुस्त काम गर्न नसक्नु नै भएको सम्बद्ध विज्ञहरूको भनाइ रहेको छ । पर्यटक प्रबर्द्धन गर्न र पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्न छुट्याइएको ठूलो धनराशिमा पर्यटन वर्ष २०११ का सचिवालय सदस्यका लोभी नजरकै कारण आशातित उपलब्धि हासिल हुन नसकेको सम्बद्ध पक्षको भनाई रहेको छ । निजी तथा सार्वजनिक साझेदारी अवधारणाअनुरूप कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको पर्यटन बोर्डका केही सीमित कर्मचारीहरूको चरम् गुटबन्दी र भ्रष्ट कामकारवाहीकै कारण पर्यटन वर्ष लथालिङ्ग र भताभुङ्ग भएको बोर्डकै कर्मचारीहरूको गुनासो छ ।

पर्यटन वर्ष सकिनै लाग्दा बीबीसीलगायतका सञ्चार माध्यममा प्रचार-प्रसारको लागि सम्झौता भएको र त्यस सम्झौतामा पनि करोडौा रूपैयााको कमिसनको खेल भएको भन्दै बोर्डका एक कर्मचारी भन्छन्- "नेपालमै पर्यटन प्रबर्द्धन र प्रचार-प्रसारसम्बन्धी काम गर्दा २५ देखि ५० प्रतिशतसम्म कमिसन माग्ने हाम्रा साथीहरूले विदेशी एजेन्टसाग सम्झौता गर्दा कति कमिसन खाए होलान् ? त्यो तपाईं आफैा अनुमान गर्नुस् भन्छन् । उनी अगाडि थप्छन्- पर्यटन वर्षको कार्यक्रममा व्यापक अनियमितता भयो, पर्यटन वर्ष २०११ का सदस्यसचिव काशिराज भण्डारीले पर्यटन वर्षका हरेक कार्यक्रमको भुक्तानी गर्दा २५ देखि ५० प्रतिशतसम्म कमिसन माग गरे भनी अख्तियार अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालय, हेला सरकारमा उजुरी परेको सुनिएको छ । तर, कुनै छानबिन र कारवाही अगाडि बढाइएका छैन । यसको रहस्य तपाईं आफैा बुझ्नुस् भन्दै उनी पर्यटन वर्षको नाममा प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालयलगायत सबै उच्च पदस्थ कर्मचारीहरूले आˆनो भुाडी भरेका छन् र त्यसैले चुप बसेका होलान् ? होइन भने यसरी पर्यटन वर्षको नाममा ब्रहृमलुट भयो भन्दै चिच्याउादासमेत किन कसैले सुन्दैन ? भनी गुनासो गर्छन् ।

यसैबीच, पर्यटक वर्ष २०११ सम्बन्धी विभिन्न कार्यक्रम गरेका सेवाग्राहीहरू समेतले पर्यटन वर्ष २०११ को कामकारवाहीप्रति तीव्र आक्रोश पोखेका छन् । पर्यटन प्रबर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरी भुक्तानी लिन आएका र पर्यटन प्रबर्द्धनसम्बन्धी थप कार्यक्रम माग गर्न सुदूरपश्चिमबाट आएको सेवाग्राहीको एक टोलीले पर्यटन वर्ष २०११ का सदस्यसचिव काशीराज भण्डारीको कार्यशैलीप्रति चरम् असन्तुष्टि जनाएका छन् । पर्यटनका लागि केही गरौा भनेर लागेको त यसले आफूहरूको घरखेत नै जाने भयो । त्यति टाढाबाट आएको यहाा त यो मिलेन, त्यो भएन भनेर हप्तौा दिन झुलाइदिादा रहेछन् । आफूले ल्याएको रसदपानी पनि सकिन लाग्यो, न थप कार्यक्रम दिन्छन् न गरिसकेको कामको भुक्तानी नै दिन्छन् ? अब घर कसरी र्फकने भन्ने पो समस्या आउन थाल्यो भन्दै उनीहरूले पर्यटन वर्ष २०११ का सदस्यसचिव काशीराज भण्डारीको रबैयाको कारण आफूहरू बिचल्लीमा पर्न लागेको बताए । पर्यटन वर्ष २०११ सकिनै लागेको र पर्यटन वर्षका नाममा छुट्याइएको करोडौा रूपैयाा कसरी सिध्याउने भन्ने विषयमा नै पर्यटन वर्षका कर्मचारीहरू बढी तल्लिन रहने गरेको पर्यटन बोर्डसम्बद्ध कर्मचारीहरूले बताएका छन् । पर्यटन वर्षका नाममा हाम्रा केही साथीहरूलाई धन वषर्ा भइरहेको छ, उनीहरू त्यसैको स्याहार-सुसार सुरक्षामा दत्तचित्त भएका छन् भन्ने व्यङ्ग्य गर्दै बोर्डका एक कर्मचारी भन्छन्- "पर्यटन वर्षका नाममा यतिबिघ्न भ्रष्टाचार भएको छ, जो सामान्य मानिसले विश्वासै गर्न सक्दैन । सम्बन्धित निकाय पनि मौन बसेको छ, हामीहरू कराएर मात्र के गर्नु भन्दै उनी भन्छन्- "पर्यटन वर्ष केही सीमित संघसंस्था कर्मचारीहरूलाई कमाउ वर्ष भएको छ । हेरौा यो देशमा कुनै नियम, कानुन र कुनै निष्पक्ष निकाय रहेछ भने एक दिन यी कालाकर्तुतहरूको अवश्य पर्दाफास हुनेछ ।" यसैबीच पर्यटन बोर्डमा तीन जना बोर्ड सदस्यहरूको पदरिक्त भएकोले यो पदमा आ-ˆनो पक्षको मानिस ल्याउन तीव्र लविङ्ग भइरहेको स्रोतले बताएको छ । पर्यटन बोर्डका निर्देशक काशिराज भण्डारी अधिकृत के.कि शाह र बााडेका पूर्व सदस्य गणेश सिम्खङनुका विभिन्न शक्ति केन्द्रहरूको ढोका ढकढक्याउन पुगेको स्रोतको दावी छ । यसै सिलसिलामा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर समक्ष पर्यटन बोर्डमा ल्याउने व्यक्तिको सूची बोकेर पुगेका यी झुण्डलाई मन्त्री विष्टले हप्काएर पठाइदिएको स्रोतले बताएको छ । स्रोतको अनुसार मन्त्री विष्टले पर्यटन बोर्डको ऐन नियमावली अनुसार नै सदस्यहरू नियुक्ति हुने र यस विषयलाई बढी राजनीतिकरण गर्न नहुने बताएको बुझिएको छ । मन्त्री विष्टले आˆनो सुनुवाई नसुनेपछि उक्त झुण्ड अब मन्त्री कै विरुद्ध विभिन्न शक्तिकेन्द्रहरूमा उजुरी गर्दै हिाडेको स्रोतको दावी छ ।

पर्यटन बोर्डका रिक सदस्यमा नियुक्त गर्दा बोर्डको नियमावली अनुसार योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग बोर्डका कर्मचारीहरूको रहेको छ । बोर्डका कर्मचारीहरू अनुसार विगतमा सरकारले योग्य व्यक्ति नियुक्त गर्न नसक्दा सदस्यहरूको योग्यताको बारेमा विवाद मै पटक-पटक अदालत धाउनुपर्ने अवस्था आएकोले सरकारले

 

 

विगतबाट पाठ सिक्दै अब बोर्ड सदस्य नियुक्त गर्दा योग्य र अनुभवी व्यक्ति नियुक्त गरी बोर्डलाई स्वतन्त्र रूपले काम गर्ने वातावरण मिलाइ दिनुपर्छ भन्ने रहेको छ

 

 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: kshepyastra weekly
kshepyastra weekly
Brahmastr Daily
https://www.brahmastra.com.np/2011/12/kshepyastra-weekly_11.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2011/12/kshepyastra-weekly_11.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content