भारतिया पत्रकार रामाशिषको ४५ पृष्ठा लामो सन्-सनिपूर्ण अन्तर्बार्ता पढ्नाको लागी www.samabad.com हेर्नु होला ।
बाहुनहरुले मुलुकको ९० प्रतिशत जनतामाथि शासन गरी रहेकाछन् ।
नेपालमा घोर एन्टी-बाहुन बिस्फोटक वातावरणको निर्माण भएको छ ।
यी राज्यहरुमा सरकारबाट बाहुन सफाया भइसकेको छ ।
पूरै भारतमा तीन-चारवटा प्रान्तमा मात्रै चीफ मिनीस्टर ब्राह्मण छन् ।
"स्वाभिमानी बाहुन-माओवादी"हरुको स्वाभिमान कहाँ गयो ?
नेपाल समृद्धि र स्वाबलम्बन भयो भने कसैको दादागिरी चल्दैन ।
तिब्बत स्वतन्त्र भयो भने चीनमा उथल-पुथल मच्चिने सम्भावना छ ।
नेपालीले खाने नुन पनि भारतले नेपाललाई नि:सुल्क दिनु परेको छ ।
पुष्पकमल दाहालले आठ बर्षा सम्मा भारतको पाँच तारे होटलमा बसेर मौज गरे
कहाँ गयो पं. पुष्पकमल दहालको स्वाभिमान?
के भारतले तीन करोड नेपाली नागरिकलाई भारतको स्थायी दुस्मन ठानोस ?
नेपाललाई तस्करहरुको स्वर्ग बनाउने काम राजा र कम्युनिष्टहरु बाट भयो
के स्वाभिमानको कुरा गर्ने नेताहरुले भारतमा रोजगार पाएका ८५ लाख नेपालीहरुलाई फिर्ता बोलाऊने ?
अल्पसंख्याक बाहुन जातिको "शासन र राजनीति" मामूली झट्कामै समाप्त हुन सक्छ ।
रामाशीष, वरिष्ठ भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार रामाशीषसँग 'मंगोल भिजन साप्ताहिक' का सम्पादक कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।
प्रश्न : अहिले भन्छन् नि, कि मधेश आन्दोलनमा भारी फूट पर्यो ? नेताहरु निस्तेज भए, तपाईंको विश्लेषण के छ ? तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
उत्तर : मलाई त के लाग्छ भने, मधेशी पार्टीमा जुन टुक्रा-टाक्री भइराखेका छन् नि, वास्तवमा इट इज ए गुड साइन फर द मधेशीज अन देएर पार्ट । मधेश आन्दोलनको पक्षमा यो राम्रो लक्षण छ । किन राम्रो लक्षण छ भने मात्र एकजना मधेशी थिए- गजेन्द्र नारायण सिंह, मधेशको नारा लगाउने । त्योभन्दा अघि कुलानन्द झा, वेदानन्द झाहरुले तराईका नारा लगाएका थिए । तराई कांग्रेस पार्टी पनि गठित भयो, तर त्यो प्रयास सफल भएन । वेदा बाबू पंचायत शासनमा मिल्नुभयो र पंचायतभक्त र राजाभक्तकै रुपमै उहाँको देहावसान पनि भयो । त्यसपछि जनआन्दोलन पश्चात् गठित बहुदलीय संसदीय प्रणालीको प्रतिनिधिसभामा गजेन्द्रनारायण सिंहले नारा दिनुभयो संघीयताको ।
उहाँको भनाई थियो- देशमा पाँचवटा प्रान्त या राज्यको स्थापना गरौं, ताकि देशको तीव्र विकास र सबै तप्काको जनताको शासनमा सहभागिता होस्, तर कसैले मानेनन् । उहाँलाई देशद्रोहीसम्म बताइयो, साम्प्रदायिक पनि भने । पछि त्यही तराईमा गएर बन्दुकको ट्रेनिङ्ग लिए माओवादीहरुले । आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशहरु बनाउने वचन मधेशी-मूलबासीहरुलाई दिए । त्योभन्दा अघि नेपाल सदभावना पार्टीले मात्र संघीयताका नारा लगाउँथ्यो, तर अब त्यसमा तीन-चार वटा विभाजन भइसकेका छन् । सबै भन्छन्- म सक्कली अध्यक्ष । कसैको मान्यता छ त, कसैको छैन । कुनै पार्टी त लेटरप्याड र फाइलमा मात्रै सीमित छन् । तर ती सबै टुक्राले नारा त मधेश र मधेशीहरुको अधिकारकै लगाउँछ नि ।
पहिले एकजना नारा लगाउनेको ठाउँमा अहिले चार-पाँच जना अध्यक्ष मधेशकै नारा लगाइरहेका छन् । महन्थ ठाकुर पनि नारा लगाइरहेका छन्, उपेन्द्र यादव र राजेन्द्र महतो पनि नारा लगाइरहेका छन् । विजय गच्छेदार पनि मधेशका नारा लगाइरहेका छन् । अब यी मधेशी नेताहरुले त कहिले पनि भन्दैनन् कि ल तपाईं बाजेहरु, हाम्रा पहाडिया जमिनदारहरु, मालिकहरु, हजुरहरु, मधेशमा आउनुहोस् र हामीमाथि शासन गर्नुहोस् । बरु अब त तराईबासी सबैले त यो नै भन्छन् कि मधेश-तराई हामी मधेशीहरुको हो र हाम्रो मधेशमा यहाँका भूमिपुत्र मधेशियाहरुकै शासन हुनुपर्छ ।
प्रश्न : यसको अर्थयो भयो कि मधेश जागृत भइसकेको छ ?
उत्तर : उदाहरण दिन्छु- भारतमा १९४७ मा अंग्रेजहरुका विरुद्ध सिपाही विद्रोह भयो, भारतीयहरुले अंग्रेज शासकमाथि हमला गरे, अंग्रेजी हुकुमतका विरुद्ध हतियार उठाए । सशस्त्र विद्रोह भयो । तैपनि भारत स्वतन्त्र हुनमा कति समय लाग्यो ? भारत १९४७ मा स्वतन्त्र भयो, लगभग ९० वर्ष लाग्यो- किन गुलामी जीवन बिताइराखेका मानिसलाई संगठित हुन धेरै समय लाग्छ । गुलामीको पीडामा बसेका मान्छे संगठित हुन सक्दैन, किनकि ऊ आजीवन गरिब र दुःखी रहँदै आएको हुन्छ । त्यसैले तिनीहरुले महान् आदर्शवाद अगाल्न सक्दैनन्, आज मौका आयो भने ल मन्त्री बनौं 'आन्दोलन देखा जाएगा'- यो भावना हुन्छ- उनीहरुको मन-मस्तिष्कमा । तर यो स्थिति सधैँभरि नै कायम रहन्छ, यस्तो छैन ।
तराईमा २२ जिल्ला छन्- यी सबै २२ जिल्लामा २२ वटा मधेशी पार्टी खुल्यो मधेश थिङ्किगको पार्टीहरुको संख्या बाइस वटै भयो भने ती सबै पार्टीमा कम्तीमा दश-दश जना त नेता हुन्छन् नै । यस रुपमा अब २२० जना मधेशी नेताहरुले मधेशी मागको नारा लगाए कि लगाएनन् ? सबै मधेशकै नारा लगाउँछन् । अलि-अलि डिफरेन्स होला । यो पनि शासक, वर्गविशेष र जाति विशेषको लागि त नराम्रो लक्षण नै छ नि । म त के ठान्छु भने नेपालमा अल्पमत होइन, अल्पसंख्यक बाहुनहरुको शासन छ । यस यो भयावह स्थितिबारे पहाड र मधेशका बहुसंख्यक जनता जागृत भइराखेको छ ।
मेरो पनि भेट हुन्छ- शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, नेवार, थकाली, मनाङ्गे र तराईका जातजातिका नेता, बुद्धिजीवी तथा सामान्य जनतासँग । मैले के पाएको छु भने- सबैको दिमागमा यो 'बाहुनवादु तथा 'अल्पसंख्यक बाहुनहरुको शासन' र 'राजनीतिक पार्टीहरुमाथि कब्जा'का प्रति भयङ्कर आक्रोश विद्यमान छ । त्यसैले अब यो स्थिति धेरै दिनसम्म कायम रहँदैन । म त शासक जातिका नेताहरुलाई पनि पटक-पटक के सम्झाई रहन्छु भने भारतमा सन् १८५७ को सिपाही विद्रोहको समय त्यति जागृति थिएन, अंग्रेजहरुको थिचोमिचो थियो र साथै लोभ-लालच पनि थियो- त्यस कारणले अंग्रेजलाई धपाउन भारतीयहरुलाई ९० वर्षको समय लाग्यो । तर आजको शिक्षित-जागृत जनता, तेज मिडिया र हतियारको बिगबिगीको युगमा त्यति समय लाग्दैन ।
लगभग साढे दुई सय वर्षदेखि कायम शाहवंशी राजाको राजिसंहासन र महत्वाकांक्षी राजा ज्ञानेन्द्रको तानाशाही शासन मात्र १९ दिनको आन्दोलनमा ध्वस्त हुन सक्छ भने, यो एउटा जातिविशेष-बहुल अल्पसंख्यकको शासन धराशायी पार्न नेपालको ९० प्रतिशत शासित-शोषित पहाडी-मधेशी जनतालाई कति समय लाग्छ ? म त भेट्न आउने पहाडी-मधेशी नेताहरुलाई पनि भन्ने गर्छु कि धैर्य, इमानदारी र साहसका साथ आफ्नो हक-अधिकारको लडाइँ जारी राख्नुहोस्, तपाईहरुलाई ९० वर्ष लाग्दैन- हो ९ वर्ष त लाग्न सक्छ । तर फोरमको नाउँमा माओवादीहरुसँग मिलेर भूमिगत गतिविधि चलाई राखेको विराटनगर जेसिज प्राइमरी स्कूलको एउटा मामूली मास्टर उपेन्द्र यादवको आन्दोलनलाई हेर्दा त के लाग्छ भने परम्परादेखि चल्दै आएको 'यो अल्पसंख्याकको शासन र राजनीति' एउटा मामूली झट्कामै समाप्त हुन सक्छ । किनकि आन्दोलन चर्किनुअघि त पहाड-मधेशका आम जनताले उपेन्द्र यादवको नाउ पनि सुनेका थिएनन् । तैपनि के एकै रातमा यत्रो ठूलो क्रान्ति भएन र अब फेरि योभन्दा ठूलो क्रान्ति हुन सक्दैन ? यो त म मान्दिन । आज त ठाउँ-ठाउँमा सशस्त्र समूह खडा भइसकेको छ । तिनीहरुलाई डाँका किन न भन्नुहोस् ? तर उनीहरुले नारा त मधेशकै लगाउँछन् । यो माओवादीहरुको 'तथाकथित क्रान्ति या विद्रोह' असफल भइदिएको भए विद्रोहको आरोपमा समातिएका नेताहरुलाई फाँसी हुन्थ्यो । तर ती सबैले सम्झौता गरेको छन् र राजसुख भोगिरहेका छन् । भारतको भगत सिंहलाई अंग्रेजहरुले देशद्रोही घोषणा गरे र फाँसी दिए, तर भगत सिंह आज भारतको महान शहीद तथा देशभक्त हुन् । त्यसैले जसलाई अहिले नेपालका नेता, पुलिस तथा मिडिया सशस्त्र गिरोह भन्ने गर्छन्, उही भोलिको सशस्त्र क्रान्तिकारी साबित हुन्छन् । समयको कुरा हो, जित्यो भने क्रान्तिकारी- हारे भने डाँका, अनि फाँसी ।
जुन मधेशी एउटा लट्ठी लिएर नेपाली सेना- पुलिसको सामुन्ने जान हिम्मत गरेका थिएनन्, त्यही मधेशमा दलित र शासनको थिचोमिचो भोगिरहेको जातिको- डोम, दुसाध र मुसहर जातिका केटाहरुले रिभल्वरबाट नेपाली पुलिसलाई गोली हान्ने गरेको छ- मनोबल यति उच्च भइसकेको छ । त्यस कारणले मलाई कहिले पनि लाग्दैन कि मधेशको आन्दोलन समाप्त भयो । यो समयको कुरा हो उनीहरु कहिले लालचमा फँसेर पार्टी फोर्छ, कहिले यो पार्टीमा जान्छ त कहिले त्यो पार्टीमा जान्छ, तर हुँदाहुँदै तिनीहरु एकै मंचमा आउँछन् । बाहुन-बहुल प्रमुख पार्टी र सरकारको 'षड्यन्त्रकारी मनसायको बारेमा त अन्तरिम संविधानमा हस्ताक्षर गर्ने दिन नै मधेशी नेताहरुले थाहा पाइसकेका थिए । किनकि नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीको मिलोमतोमा संविधानको मस्यौदाबाट 'राज्यको संघीयता रंचना'को प्रावधानलाई नै लापत्ता गरिएको थियो र यस षड्यन्त्रको विरोधमा नेपाल सदभावना पार्टीले आफ्ना बिमति दर्जसमेत हस्ताक्षर गरेका थिए ।
यति मात्र होइन सदभावना पार्टीले प्रधानमन्त्री निवासबाट नै मधेश-बन्दको घोषणा गरे, त्यसपछि नेपालगंजमा मधेशीहरुमाथि पुलिस र सेनाबाट हमला भयो । नेपालको पहाडी सेना-पुलिसको नांगो नाचलाई मधेशीहरुले हजारौँ सीडीबाट साक्षात हेर्न पाए । अन्तमा उग्र आन्दोलनले निर्वाचन नै नहुने स्थिति उत्पन्न भएपछि अन्तरिम संविधानमा संशोधन भयो । अन्तरिम संविधानमा संघीयताको प्रावधान थपियो र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशबासीको नाउँमा दोस्रो सम्बोधन गरेर मधेश आन्दोलनलाई विराम गर्न लगाए । तर गरिब-शोषित जनताको स्वघोषित मसीहा बाहुनवंशी माओवादी नेता पुष्पकमल दाहालले नेपालको सर्वोच्च पदमा विद्यमान वर्णव्यवस्था अनुसार शुद्र वर्णको राष्ट्रपति डा. रामवरण यादवलाई सार्वजनिक सभामा 'भैँसी-गोठाला' भनेर सम्बोधित गरेपछि के मधेश, के पहाड सम्पूर्ण देशको ९० प्रतिशत दलित-शोषित-पिछडिएका लोकतन्त्रप्रेमी जनता घोर अपमानित महसुस गरेका छन् र आक्रोशित छन् ।
किनकि यो अपमानपूर्ण सम्बोधन 'लगभग तीस-पैँतीस हजार निर्दोष जनताको हत्याको जिम्मेदार महान् माओवादी नेता प्रचण्डबाट भएको हो, यो कसैले मान्न तयार छैन । बरु यस घोर अपमानपूर्ण सम्बोधनलाई 'हिन्दू वर्ण व्यवस्थामा युगौँदेखि सर्वोच्च घोषित एउटा बाहुन हत्यारा पण्डितद्वारा गरिएको मानेको छ । यसै उच्च जातीय विद्वेष र घृणाको कारणले छिमेकी देश भारत खासगरी सीमा पारिको बिहार र यूपी प्रान्तमा भएका निर्वाचनहरुको परिणाम र गत तीन दशकदेखि सत्तारुढ उच्च जाति विहिन सरकारलाई उदाहरणको रुपमा हेर्न सकिन्छ ।
प्रश्न : दुर्गा सप्तशतीको रक्त-बीज राक्षसजस्तै ?
उत्तर : हो, म त जहिले पनि भन्छु एउटा राक्षसको टाउको काटिँदा हजारौँ राक्षस जन्मिने गरेजस्तै एउटा मधेश पार्टी फुट्दा वा फुटाउँदा दर्जनौँ मधेशी पार्टी र मधेशी नेता जन्मन्छ । म भन्ने गर्छु यहाँका पहाडी शासकहरुले मधेशी टुट-फुटबाट खुशी हुन पर्दैन । यी टुक्रीएका पार्टीहरुकै मोर्चा बन्न सक्छ । अहिले त भारतजस्तो देशमा २२-२४ पार्टीहरुको गठबन्धन सरकार छ भने लगभग त्यत्तिकै पार्टीको विपक्षी गठबन्धन पनि कार्यरत छन् । यहाँ भन्छन् यति पार्टीहरु भइसके । म भन्छु- इजरायलमा ४० लाखको आवादी छ र त्यहाँ ७० वटा पार्टी छन् । तैपनि कति बलियो देश छ- इजरायल, त्यो हेर्दा त मधेशीहरुको १ करोडको आबादी छ भने त्यहाँ त कम्तीमा एक सय पार्टी हुनु पर्ने ।

प्रतिक्रिया