Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

लुम्बिनीका नाममा प्रचण्ड राजनीति गर्दैछन्

SHARE: 520

लुम्बिनीका नाममा प्रचण्ड राजनीति गर्दैछन्
इन्द्रलाल गोले, महासचिव,
 बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपाल  

बौद्ध धर्म र बुद्धको जन्मस्थल पवित्र लुम्बिनीबारे सरोकार राख्ने संस्थाहरूको छाता संगठन हो, बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपाल। एक सय ५० भन्दा बढी संघ/संस्था आबद्ध भएको सो छाता संगठनले बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्षमा राजनीतिक व्यक्ति (माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड') लाई नियुक्ति खारेजीको माग गर्दै गत २१ मंसिरमा राजधानीमा प्रदर्शन गर्‍यो । त्यसको अघिल्लो दिन प्रचण्डले प्रदर्शन रोक्न एभरेस्ट होटलमा केही बौद्ध धर्मावलम्बीहरूलाई बोलाएर छलफल गरेका थिए, तर उनी त्यसमा असफल भए। अध्यक्षबाट प्रचण्डलाई हटाउन बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपालले उठाएका मागलगायत विभिन्न विषयमा महासचिव गोलेसंग तरुण सहकर्मी प्रकाश निर्दोषले गरेको कुराकानीको अंश: 
गत २१ गते तपाईहरूले प्रदर्शन गर्नुभयो, के थियो उद्देश्य? 
सर्वप्रथम यहाँलाई शान्तिको अभिवादन। हाम्रो प्रदर्शन मुख्यतः शान्ति र्‍याली हो। यसको मुख्य उद्देश्य बौद्ध धर्मबारे सरोकार राख्ने हामीहरूलाई कुनै पनि वास्ता नगरी र कसैलाई पनि थाहा नै नदिई लुम्बिनी बृहत्तर विकास निर्देशक समितिको अध्यक्षमा माओवादीका अध्यक्ष प्रचण्डलाई जसरी नियुक्ति गरियो, त्यसमा हामीले असहमति जनाएका हौं। तर यसको मतलव हामीले प्रचण्ड र कुनै पनि पार्टीको विरोध गरेका भने होइनौं। कुनै जात र धर्मको विरोधमा नभई पहिचानका लागि हामीले सो प्रदर्शन गरेका हौं। 
त्यो प्रदर्शनको मुख्य माग के हो?   
राजनीतिक नेता धार्मिक नेता हुन सक्दैनन्, धार्मिक नेता राजनीतिक नेता हुन सक्दैन। प्रचण्डजी देशको शासन गर्ने मानिस हो, धर्मका कुरा उहाँलाई थाहा छैन। फेरि उहाँ बुद्धिष्ट पनि होइन, जातमा पनि उहाँ ब्राह्माण हुनुहुन्छ, उहाँको धर्म हिन्दु हो। बुद्ध धर्म प्रचार गर्न बौद्ध दर्शनमा पीएचडी गर्नेहरू यहाँ प्रशस्त छन्, त्यसका बारेमा जानकारहरू हामीसंग प्रशस्तै छन्। हाम्रो संस्थामा बुद्ध र बौद्ध दर्शनमा सरोकार राख्ने एक सय ५० भन्दा बढी संघ/संस्थाहरू आबद्ध छन्। हाम्रो यो छाता संगठनबाटै सिफारिस गरेर हामी सरकारलाई एक से एक मानिस दिन सक्थ्यौं। तर सरोकारवालाहरूसंग कुनै पनि सल्लाह नगरी मनलाग्दो तरिकाले जसरी प्रचण्डलाई अध्यक्ष बनाउने काम यो सरकारले गर्‍यो, त्यसमा हाम्रो घोर आपत्ति र विरोध हो।  
तपाईहरूसंग आबद्ध सबै संस्थाको माग नै सो समितिबाट प्रचण्डलाई हटाउनुपर्ने भन्ने हो?  
एकदम, उहाँ बुद्धिष्ट पनि नभएको, बौद्ध दर्शनका बारेमा पनि कुनै ज्ञान नभएको व्यक्तिलाई हटाएर यससंग सरोकार राख्ने व्यक्तिलाई नै सो समितिमा राख्नुपर्छ।  
उहाँलाई नहटाए के गर्नुहुन्छ?  
हामीले सरकारसंग पाँचवटा माग राखेकाछौँ , जबसम्म यी मागहरूका बारेमा सरकारले सम्बोधन गर्दैन, तबसम्म हाम्रो विरोध कायमै रहन्छ। त्यो विरोध हाम्रो पहिचानको सुरक्षाका लागि हो। 
प्रचण्डले त संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई समेत भेटेर लुम्बिनीको विकास गर्ने बारेमा समर्थन लिने प्रयास गरिसकेका छन्, किन अवरोध गर्नुहुन्छ? 
यो बुझाइ एकदम गलत हो। उहाँ लुम्बिनीलाई मागी खाने भाँडो वनाउने प्रयास गर्दै हुनुहुन्छ। हाम्रो धर्मलाई उहाँले मागी खाने भाँडो बनाउँदै हुनुहुन्छ, त्यसकारण हाम्रो खबरदारी हो। उहाँ राजनीतिक प्राणी हो, उहाँलाई धर्मसम्बन्धी के ज्ञान छ? धर्मको एउटा आफ्नै विधि–विधान हुन्छ, त्यसमा प्रवेश गर्न बौद्ध दर्शनको आफ्नै विधि–विधान छ। त्यसमा पहिला आउनुहोस्, हामी स्वागत गर्छौ। बौद्ध दर्शन र धर्मका बारेमा कुनै ज्ञान नभएको मानिसले बुद्ध र लुम्बिनीको विकास र प्रवर्द्धन गर्छु भन्दा हामीलाई हाँसो उठ्छ। अर्को कुरा, उहाँको हिजोको राजनीतिक सिद्धान्त के थियो? उहाँहरूले हाम्रो गुम्बा र चैत्यहरू भत्काउनु भो, तोडफोड गर्नु भो, शान्तिका लागि निरन्तर खटिएका भिक्षु र भिक्षुनीहरूलाई अपमान गर्नु भो। अहिले आएर बुद्ध धर्मको प्रचार गर्ने? के नैतिक आधार छ उहाँसंग? त्यो मान्छे गैरबुद्धिष्ट हो, त्यसकारण प्रचण्डसंग हाम्रो विश्वास नै छैन। यो हाम्रो मात्र कुरा होइन, यो सम्पूर्ण बुद्धिष्टहरूको आवाज हो। त्यसको प्रतिनिधित्व हामीले गरेका हौं।   
प्रचण्डबाहेक अरु अध्यक्ष भएको भए तपाईहरूले विरोध गर्नुहुन्थेन भन्छन् नि?
पञ्चशीलको ज्ञान भएका जोसुकैलाई गरेको भए हामी सहर्ष स्वीकार गर्दथ्यौं, तर दलीय नेतृत्वमा भएका कारण हामीले नमानेका हौं। यो प्रचण्डको हकमा मात्र होइन, अन्य राजनीतिक दलका नेताहरूलाई गरेको भए पनि हामीले त्यसको विरोध  गर्थ्यौ । त्यो माओवादी मात्रै होइन, कांग्रेस, एमाले र मधेसवादी दलका भए पनि हामीले मान्दैनथ्यौ  विशुद्ध बुद्धिष्ट व्यक्ति जोसुकै सरकारले ल्याओस्, हामी हात फैलाएर स्वागत  गर्छौ ।  
प्रचण्डलाई धेरै बुद्धिष्टसहित राष्ट्रिय/अन्तर्राष्ट्रिय बुद्धिष्ट संघ/संस्थाले समर्थन गरेका छन् नि?  
अस्ति पनि एभरेस्ट होटलमा बुद्धिष्टहरूसंग छलफल गर्नुभयो भन्ने सुनियो। आफ्ना कार्याकर्ताहरूसंग छलफल गरेर बुद्धिष्टहरूसंग मैले छलफल गरें भन्ने? त्यस्तो लाजमर्दो कुरा गर्न पूर्वप्रधानमन्त्री जस्तो मान्छेलाई सुहाउँछ? हामी सरोकारवालाहरू यहिँ छौं, तर हामीसंग कुनै पनि छलफल भएको छैन। बौद्ध धर्मसंग सरोकार राख्ने तामाङ, गुरुङ, शेर्पा, भोटे, मगर, नेवार, थारुहरूबीच हाम्रो समन्वय रहेको छ। तर हामीलाई नै थाहा नदिई उहाँले के गर्न खोजेको हो? हामीले बुझेका छैनौं। दुई चारजना आफ्ना कार्यकर्तालाई त्यो महंगो होटेलमा बोलाएर वार्ता गर्‍यो अनि मिडियामा मिल्यो भन्न मिल्छ? मिलेको भए २१ गते त हामीले विशाल प्रदर्शन गर्नु नै पर्दैनथ्यो नि!  
तपाईहरूलाई कुनै खबर आएन कि आएर पनि जानु भएन?  
हामीलाई कुनै खबर नै गरिएन किनभने हामी कुनै पनि पार्टीका कार्यकर्ता होइनौं। कार्यकर्तालाई बोलाएर प्रचण्डले गरेको सो कार्यक्रमको कुनै तुक पनि छैन। सरोकारवाला बुद्धिष्टहरूलाई नबोलाइ गरेको सो कार्यक्रमलाई हामी स्वीकार गर्ने पक्षमा पनि छैनौं। 
तपाईले लुम्बिनीलाई प्रचण्डले मागी खाने भाँडो बनाउनु भयो भन्नुभयो, अरुलाई त्यत्तिकै आरोप लगाउन पाइन्छ?  
किन भन्न सकिन्ना? उहाँ त राजनीति गर्ने मान्छे। बुद्ध र लुम्बिनीको बारेमा उहाँ ले किन चासो लिन पर्‍यो त? उहाँले त देशलाई नै बनाउनुपर्ने होइन र? अर्काको धर्मप्रति उहाँले किन आँखा लगाउनु भएको? उहाँले एभरेस्ट होटलमा भएको छलफलमा पनि कार्यकर्ताहरूमाझ लुम्बिनी र बुद्ध धर्मका लागि पैसाको खोलो बग्छ भन्नुभएको छ। सायद, त्यही पैसाको खोलो बग्ने भएर नै उहाँले विषयभन्दा बाहिरको कार्यमा चासो दिनुभएको त होइन? हामीलाई शंका लागेको छ। होइन भने, लुम्बिनीमा उहाँले किन हस्तक्षेप गर्नुपर्‍यो त? किन आँखा लगाउनुपरेको थियो त? के बुद्धिष्टहरूलाई पशुपतिनाथको मूलभट्ट बनाइन्छ? के त्यहाँ सञ्चालक समितिमा एउटा बुद्धिष्ट सदस्य र अध्यक्ष बनाइन्छ। म तामाङ हुँ,  मेरो धर्म बौद्ध हो। के अब मैले हस्तक्षेप गरेरै भए पनि पशुपतिनाथ कोषको सञ्चालक बन्न सुहाउँछ? अर्काको धर्ममा के जबर्जस्ती घुस्न मिल्छ? प्रचण्ड जस्तो ठूलो राजनीतिक नेताले अलिकति पनि नैतिकतामा ध्यान नदिई जबर्जस्ती अध्यक्ष बन्नुभयो।  
लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्ने सफलता त पाउनुभयो नि? 
गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफैं अन्तर्राष्ट्रिय चर्चा र प्रतिष्ठामा छ। संसारको करिब एक तिहाइ जनसंख्या बुद्ध धर्ममा विश्वास गर्छन्। बुद्ध धर्म र दर्शनविरुद्ध जीवनभर लाग्ने प्रचण्डलाई कुन चाहीँ कुराले आकर्षित गर्‍यो, त्यो उहाँको आलीसान प्रवृत्तिले देखाएकै छन नि।  
पैसा धेरै आउँछ कि क्या हो, बौद्ध धर्म र लुम्बिनी विकासका लागि ?  
त्यो प्रचण्डलाई थाहा होला। उहाँले त पैसाको खोलो नै बग्छ भन्नुभएको रहेछ। पत्रपत्रिकामा पनि पैसा थुप्रै छ, खोलो नै बग्छ भनेर प्रचण्डले भनेको लेखिएको छ। धर्मका नाममा अनधिकृत व्यक्तिले ल्याउँदा शंका र आशंका गर्दैनन् त? अनधिकृत व्यक्तिले ल्याउने पैसा पनि अनधिकृत नै हुन्छ।   
आफूहरू एक पैसा ल्याउन नसक्ने र अरुले ल्याउन थाले भने पनि रिस गर्ने त गर्नुभएन नि?  
उहाँहरू के गरेर बस्नुभयो? दस दस वर्षसम्म जंगलमा बसेर मान्छे कुट्ने र मार्ने काम गर्नुभयो। त्यसो नगरी बुद्ध र लुम्बिनीका लागि काम गरेको भए हुन्थेन र? किन गर्नुभएन। के अरुको धर्मलाई पैसासंग तुलना गर्ने? राजनीतिक परिवर्तन गर्ने काम उहाँहरूको हो। धार्मिक परिवर्तन गर्न त्यहीअनुसारको पूर्वव्यवहार हुनुपर्छ। हिजो हिंसा र रगत मन पराउने, अहिले शान्तिका लागि काम गर्छु भन्ने, यो कुरा कसैले पत्याउँछ? नपत्याउने कुरा गरेर नहिँड्न म प्रचण्डजीसंग आग्रह गर्दछु।  
अर्को कुरा, लुम्बिनीको विकास गर्नु नै थियो भने त्यस आसपासका मानिसहरूसंग सोधपुछ गरेको, सल्लाह गरेको भए हुन्थ्यो नि? तर त्यो पनि गर्नुभएको छैन। उहाँलाई त त्यहाँको एउटा ढुंगा पनि निकाल्न दिँदैनन्, उहाँलाई एक कोदालो माटो पनि खन्न दिँदैनन्। अनि त्यसबेला कसलाई गुहार्ने, हामीलाई? हामी त उहाँलाई साथ दिँदैनौं। यो सरासर राजनीति हो।  
विकास हुन्छ भने त राजनीति गरे पनि के फरक पर्छ र?  
यो त कुत्सित मनशायले प्रचण्डले गरेको राजनीतीकरण हो। यही राजनीतीकरण गरेर उहाँले मागी खाने भाँडो बनाउने प्रयास र प्रयत्न गरिरहनु भएको छ। कुनै पनि धर्मलाई राजनीतीकरण गर्न पाईँदैन। त्यो प्रयास भएमा प्रचण्डलाई प्रत्युत्पादक हुन्छ, यो चेतावनी हामी उहाँलाई दिन चाहन्छौं।  
त्यसोभए, कसैलाई सोध्दै नसोधी सरकारले प्रचण्डलाई अध्यक्ष बनाइदियो त?  
हामी सरकारका विरोधी होइनौँ, न प्रचण्डको न त माओवादीको नै। तर बाबुराम भट्टराईको सरकारले जसरी सरोकारवालालाई कुनै खबर र सरसल्लाह नै नगरी मागी खाने भाँडो खोजिरहेका प्रचण्डलाई अध्यक्ष बनाउने काम गरे, यो सरासर गलत हो। हामी प्रधानमन्त्रीसाग अनुरोध गर्दछौँ , 'प्रधानमन्त्रीज्यू, तपाई साँच्चै शान्तिमा विश्वास गर्नुहुन्छ, लुम्बिनीको विकास गर्न चाहनुहुन्छ र बौद्ध धर्मको सम्मान गर्नुहुन्छ भने राजनीतिक व्यक्तिलाई त्यसको अध्यक्ष नबनाई दिनुहोस्।' लुम्बिनी मात्र होइन, स्वयम्भू र बौद्धलगायत हजारौ गुम्बाहरू छन्, त्यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मा सरकारले राजनीतिक व्यक्तिलाई होइन, त्यससंग सरोकार राख्नेहरूलाई दिनुहोस् भन्ने हामी आग्रह गर्दछौं। नाम चाहियो भनेर सरकारले मागोस्, हामी हजारौं नाम दिनसक्छौं, तर राजनीतिक व्यक्तिलाई भने होइन।  
मार्च २०१२ मा सरकारले १६ देशका राष्ट्रप्रमुखलाई बोलाएर लुम्बिनीमा अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको छ, तपाईको विरोधको के अर्थ रहन्छ र?  
पहिचान र धर्मलाई जोगाउन तथा त्यसमा हस्तक्षेप हुन नदिन हामी कट्टिबद्ध भएर लाग्नेछौं। त्यसमा कसैले चासो दिओस्, नदेओस्, त्यो हामीलाई सरोकारको विषय भएन। तर हामी धर्म र पहिचानका लागि ज्यान दिन पनि तयार छौं।  
सो सम्मेलनप्रति तपाईहरूको विरोध हो?  
त्यसमा हाम्रो विरोध छैन। त्यस्ता अन्तर्राष्ट्रिय सम्मेलन गर्नु आफैंमा सकारात्मक कुरा हो, तर राजनीतिक व्यक्तिले त्यसको स्वामित्व लिने प्रयास हुनुभएन। त्यो न्यायसंगत पनि हुन्न। जससंग सरोकार छ, त्यसलाई मात्र कुनै पनि चिजको माया हुन्छ भन्ने ख्याल गरे राम्रो हुनेछ ।
 सरकारले तपाईहरूको माग सुनुवाइ गरिदिएन भने के हुन्छ?  
हामी शान्तिप्रति विश्वास गर्छौं । २१ गते हामीले सरकारलाई प्रदर्शनमार्फत ध्यानाकर्षण गराइसकेका छौं। यो सरकारले हाम्रो मागलाई सुनुवाइ गर्छ भन्नेमा हामी विश्वस्त छौं। फेरि सरकारले सरोकारवालाहरूलाई पन्छाएर र माइनस गरेर जान पनि त सक्दैन, यो हेक्का त पक्कै सरकारसंग छ। बुद्ध धर्मसंग सरोकार राख्नेहरूलाई पन्छाएर जाने काम जसरी प्रचण्ड र बाबुरामले गरेका छन्, त्यो सच्चिनु पर्छ। 
अध्यक्षबाट प्रचण्डलाई हटाउन सरकारले आनकानी गर्‍यो  भने के हुन्छ?  
हामीले गैरबुद्धिष्टलाई सो समितिमा राख्नुहुँदैन भनेर सरकारसंग माग गरिसकेको अवस्था छ। पहिलोपटक हामीले प्रदर्शन गरिसकेका छौं। अब थप कार्यक्रमका लागि चाँडै नै हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ। त्यसले भावी रणनीति र कार्यक्रमहरू तय गर्नेछ। जबसम्म सो समितिमा गैरबुद्धिष्ट रहन्छन्, तबसम्म हाम्रो विरोध जारी रहन्छ।  
सरकारले तपाईंहरूको माग सुन्ला? 
हाम्रो मागलाई सरकारले सुन्यो कि सुनेन भन्ने विषय हामी केही दिन कुरेर हेर्छौं। तर त्यो मागमा कुनै पनि सुनुवाइ भएन भने हाम्रा एक सय ५० संस्थामार्फत ७५ जिल्लाबाट बौधमार्गिहरुलाई  बोलाएर राजधानीमा प्रदर्शन गर्छौं। बुद्ध र लुम्बिनीको सरोकार राख्नेहरूको विशाल प्रदर्शन गरेर देखाउन पनि हामी तयार छौँ । हाम्रो धर्म र हाम्रो पहिचान रक्षा गर्न मुलुकका सम्पूर्ण बुद्धिष्टहरूले केसम्म गर्न सक्छन्? भन्ने देखाउन पनि हामी सक्छौं। बुद्धिष्टहरूको मानवसागर उर्लेको दिनमा प्रचण्ड र बाबुरामको हालत के होला? अत्याचार बढेपछि ४ सय ५० वर्षे शाही शासनलाई ढाल्ने जनताले उनीहरूलाई फाल्न सक्दैनन् भन्ने के ग्यारेन्टी छ र? यो कुरा हामिले  पहिला नै भनेको छु, तपाईहरू सजग हुनुहोस्। कृपया, अरुको धर्ममा हस्तक्षेप नगर्नुहोस्। जसको धर्म हो, त्यसैलाई विकास र प्रवर्द्धन गर्ने जिम्मा दिनुहोस्। 
तपाईहरूले धर्ममा राजनीति गरेको कि प्रचण्डले धर्ममा राजनीति गरेको हो?  
 प्रचण्डले राजनीति गर्नुभएको हो। धर्मलाई आँच लगाउने काम नगर। हाम्रो धर्मलाई हिलो छ्याप्ने काम नगर। हाम्रो धर्मलाई मागी खाने भाँडो नबनाऊ। हाम्रो धर्ममा राजनीति नगर। हामीलाई हाम्रो धर्म प्यारो छ, त्यसमा हस्तक्षेप नगर भनेर हामीले अनुरोध मात्र गरेका हौं। उहाँले त हाम्रो धर्ममा हस्तक्षेप मात्र गर्नुभएन, मागी खाने भाँडो बनाउने पनि काम गर्ने प्रयत्न गर्नुभयो। धर्मजस्तो पवित्र चिजलाई उहाँले पैसाले किन्ने खोज्नुभयो। 
तपाईहरूलाई त उक्साइयो पनि भनिन्छ नि?   
आफ्नो धर्मको रक्षा गर्न र पहिचानको खोजी गर्न कसैले उक्साउनुपर्छ र?  
त्यसोभए, कसैले पनि उक्साउने काम तपाईहरूलाई गरेको छैन?  
यो सबै वाहियात कुरा हो। यो प्रचण्डका मान्छेहरूले लगाउने आरोप हो। पहिचानको रक्षाको लागि मात्र यो हाम्रो प्रदर्शन हो।  
क्रिस्चियनमा राजनीति गरेको माओवादीले हिन्दुमा नसकेर बुद्ध धर्ममा हात हाल्यो भन्नेहरू पनि छन्, के त्यस्तै हो?  
एउटा उखान छ, माछो देख्दा भित्र हात, सर्प देख्दा बाहिर हात। प्रचण्ड र बाबुरामले गरेको यही हो। यो नै बुझ्नेलाई काफी छ, किनभने राजनीतिमा उनीहरू असफल भए। जनताले अब पत्याउँदैनन् अनि के गर्ने भन्दा त धर्मकर्म गर्ने र त्यसैमा राजनीति गर्ने सोचको प्रतिफल स्वरूप यो पछिल्लो प्रयास हो। हिजो हत्या र हिंसा गरेर दिउँसै अनाहकमा मान्छे मार्ने र मार्न उक्साउनेले कसरी पञ्चशीलको कुरा गर्न सकेको होला? म छक्क परेको छु। बुद्धको उपदेश र पञ्चशीललाई अनुनयन गर्न आफ्नै विधि–विधान छ, के यो प्रचण्डलाई थाहा छ? त्यो थाहा हुन जरुरी छ।  
प्रचण्डलाई बुद्ध दर्शन र पञ्चशीलबारे केही थाहा छैन भन्नुभएको हो?  
उहाँलाई त्यसको बारेमा केही थाहा छैन। आफ्नो बाबुको किरिया गर्दा आफ्नो धर्मको अनुशरण नगर्ने मान्छेले अर्काको दर्शन के मान्नुहुन्छ? बाबु मर्दा त टाइसुट लाएर दागबत्ती दिने मान्छेले धर्मको रक्षा गर्छ? बाबुको किरिया त नगर्ने प्रचण्डले हाम्रो धर्मको कसरी रक्षा गर्छन्? कसैले पनि नपत्याउने कुरा हो यो।  
भनेपछि प्रचण्डले बुद्ध धर्मलाई राजनीतीकरण गर्नुभयो भन्ने तपाईहरूको ठहर हो?
 एकदम। कीर्तिपुरबाट उहाँले नेवारको भोट पाएर जित्नुभयो। तर त्यहाँका बुद्धिष्ट नेवारहरूलाई पनि सोध्नु भएन। उहाँले आदिवासी/जनजाति, समावेशी र समानुपातिकका साथै आत्मनिर्णयको अधिकारको कुरा गर्नुहुन्छ, तर व्यवहारमा भने कुनै लागू गर्नुहुन्न। उहाँले कीर्तिपुरका नेवारहरूलाई पनि यो सवालमा शोषण गर्नुभयो। साँच्चै राजनीति गर्ने मान्छे सबै त्यस्तो हुँदा रहेछन्, कुरो एकातिर गर्ने र काम अर्कोतिर गर्ने। प्रचण्ड पनि त्यस्तै रहेछन्, तर मैले प्रचण्डको विरोध गरे भनेर बुझिदिनु भने भएन है। मैले नीतिको विरोध गरेको हुँ, प्रचण्डको होइन।  
बुद्ध धर्म र लुम्बिनीको लागि भनेर प्रशस्त पैसा आउँछ कि क्या हो?  
उहाँले करोड र अर्ब पनि होइन, खर्ब नै आउँछ भन्नुभएको छ। कति आउँछ, त्यो त उहाँलाई थाहा होला। लुम्बिनी जस्ता ऐतिहासिक स्थल नेपालमा धेरै छन्, तर त्यतातिर कुनै पनि ध्यान नदिई एकोहोरो लुम्बिनीमा किन? हामीलाई दालमा कुछ काला है भन्ने लागेको छ। जुन स्वाभाविक पनि हो।  
बुद्ध सबैको साझा धर्म हो, तपाईहरूको मात्र त होइन नि?  
यो सबैको साझा धर्म हो। अन्तर्राष्ट्रिय धर्म पनि हो, यसलाई हामीले स्वीकार गरेका छौं। यो सत्य हो। तर पैसा आउँछ भने त्यसमा चासो दिने, आउँदैन भने हेर्दै नहेर्ने त गर्नुभएन नि?  
अरुले लुम्बिनीको विकास गर्न नै नपाउने?  
गर्न नपाउने भनेर कसले भनेको छ र? यस्तो तालले गरेर हुन्छ? पैसा आउने भए गर्ने र पैसा नआउने भए नगर्ने भन्ने जस्तो भएन र प्रचण्डको व्यवहार उहाँले पैसाका लागि गरेको जस्तो देखियो। म त ठोकेरै भनिदिन्छु, प्रचण्डले यो सब पैसाका लागि गरेको हो। जे पर्ला पर्ला, सत्य यही हो। बोलिदिए ।
visit us at : www.samabad.com
२०६८ मंशिर २६ गते सोमबारको तरुण साप्ताहिकमा प्रकाशित 
महसचिब गोलेलाई ९८४९०४१३२२ मा फोन गरी सम्पर्क  गर्न सक्नु हुने छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: लुम्बिनीका नाममा प्रचण्ड राजनीति गर्दैछन्
लुम्बिनीका नाममा प्रचण्ड राजनीति गर्दैछन्
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhv2GOxcTcXCaGKqomo8aLQjaQmUEVvu2dZaXp9k_uKXotanJiUUv-IaK93r2HUFFqO0eBCeLnmOZZ1XuYHTLepCufcri2IJYY-cgDnGAkSpE5GtnKffpAjtY3VboeC3IufbLUZbxzvC5JF/s320/indra-754475.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhv2GOxcTcXCaGKqomo8aLQjaQmUEVvu2dZaXp9k_uKXotanJiUUv-IaK93r2HUFFqO0eBCeLnmOZZ1XuYHTLepCufcri2IJYY-cgDnGAkSpE5GtnKffpAjtY3VboeC3IufbLUZbxzvC5JF/s72-c/indra-754475.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2011/12/blog-post_2655.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2011/12/blog-post_2655.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content