-राम सर्राफ
वीरगन्ज, २३ वैशाख । पांच दिनदेखि बन्द रहेका पसल खुलाउन आह्वान गर्दै
पर््रदर्शनमा उत्रेका हिन्दू युवा सङ्घका कार्यकर्ता र आन्दोलनकारी
माओवादी कार्यकर्ताबीच बिहीवार बिहान झडप भएको छ ।
वीरगन्जको घडीअर्वा क्षेत्रमा रहेका पसल खुलाउन आहवान गर्दै
पर््रदर्शनमा उत्रेका हिन्दू युवा सङ्घका कार्यकर्ता र माओवादी
कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा दुवै पक्षका पांचजना कायकर्ता
घाइते भएका छन् । सम्भावित झडपलाई मध्यनजर गरी त्यस क्षेत्रमा ठूलो
सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताले वीरगन्जको
प्रतिमाचोक र भिस्वाचोकमा रहेका दर्ुइवटा पसलमा तोडफोडसमेत गरेका थिए ।
त्यसैगरी बिहीवार दिउंसो वीरगंजको घन्टाघरमा एकीकृत नेकपा -माओवादी)का
कार्यकर्ता तथा स्थानीय र्सवसाधारण जनता र हिन्दु युवा सङ्घका
कार्यकर्ताबीच झडप हुंदा सो क्षेत्र तनावग्रस्त बन्न पुगेको छ। बजार बन्द
गराउने क्रममा माओवादीका कार्यकर्ताले घडिअर्वास्थित एउटा चिया पसलमा
तोडफोड गरेपछि त्यसको प्रतिकारमा उत्रेका स्थानीयवासी र सङ्घका
कार्यकर्ता जुलुस पर््रदर्शन गर्दै घन्टाघरमा पुगेपछि दुवै पक्षबीच झडप
भएको थियो।
झडपमा परेर दुवै पक्षका करिब ३० जना कार्यकर्ता घाइते भएका छन्। झडपमा
एनेकपा -माओवादी)की नेतृ अन्जना विशंखे, सभासद्द्वय प्रभु साह र
शिवचन्द्र कुशवाहा -टाउको फुटेको), बालकृष्ण श्रेष्ठ, श्यामबहादुर थापा,
निशा साह, समीर श्रेष्ठ, जंगबहादुर मुखिया, मिलन थापा, बुद्धि साह सहित
करिब २० जना तथा प्रतिकारमा उत्रेका करिब १० जना स्थानीय जनता नागेन्द्र
पटेल, राकेशकुमार गुप्ता र सङ्घका कार्यकर्ताहरु अजय साह, रविन्द्र
कुमार, ओमप्रकाश साह कानू, मनोजकुमार गुप्ता, विकास साह, विनोद साह कानू
लगायत घाइते भएको संघका जगरनाथ साहले बताए। झडपमा परेर विजयप्रताप साह
सहित चारजना सुरक्षाकर्मी पनि घाइते भएको प्रहरी स्रोतले जनाएको छ।
घाइतेमध्ये केहीको टाउको फुटेको र केहीको हातखुट्टा र जिउमा चोटपटक
लागेको छ। घाइतेको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको
छ। प्रतिकारमा उत्रेका पर््रदर्शनकारीले एकीकृत नेकपा-माओवादी)को
घन्टाघरस्थित शिविर, टेन्ट र माइकसमेत तोडफोड गरिदिएका छन्। झडप
नियन्त्रण गर्नका लागि प्रहरीले आधा दर्जन अश्रुग्यास र लठ्ठी प्रहार
गरेका थिए। दुवै पक्षबीच स्थानीय घन्टाघरमा झन्डै दर्ुइघन्टासम्म झडप
भइरहेको थियो । कुनै अप्रिय घटना हुन नदिनका लागि सो क्षेत्रमा व्यापक
सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबारदेखि घन्टाघरमा कब्जा जमाएर बसेका
माओवादी कार्यकर्ताले दिउंसोदेखि सो क्षेत्र छाडेका छन्। स्थानीय जनता र
सङ्घका कार्यकर्ताहरुले वीरगंजमा एक र्याली निकाली माओवादीविरुद्ध चर्को
नाराबाजी गरेका थिए।
यसअघि आमहडतालविरूद्ध पर््रदर्शनमा उत्रेका स्थानीय र्सवसाधारण जनता र
सङ्घका कार्यकर्ताले बिहीवार बिहान स्थानीय नगर सभागृहस्थित एकीकृत नेकपा
-माओवादी)को खाना व्यवस्थापन शिविर तोडफोड गरी त्यहां रहेको रासन चामल,
दाल, तरकारी पोखिदिएका थिए। खाना र रासनका ढुवानीका लागि त्यहां राखिएको
बा.६ च. ५६८० नम्बरको एउटा गाडीसमेत पर््रदर्शनकारीले जलाइदिएका थिए। आगो
बारूणयन्त्रको सहयोगमा सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका थिए।
त्यसैगरी बा अ झ ८४८४ नंं.को गाडीमा तोडफोड गरेका छन्। आमहडतालविरूद्ध
पर््रदर्शनमा उत्रेका पर््रदर्शनकारीले वीरगन्ज बजारमा नाराबाजी गर्दै
जुलुस निकालेका थिए।
सांझसम्म वीरगन्जको स्थिति सामान्य रहे पनि दुवै पक्षबीच फेरि हुनसक्ने
झडपबाट वीरगन्जवासीमा मानसिक तनाव देखिएको छ।

प्रतिक्रिया